Headlines News :
Home » » अनौठो मानिस, जसलाई गर्मीमा जाडो हुन्छ, जाडोमा गर्मी

अनौठो मानिस, जसलाई गर्मीमा जाडो हुन्छ, जाडोमा गर्मी

Written By news on Thursday, 11 August 2016 | 03:37


भारतमा एक यस्ता मानिस छन् जसलाई चिसो मौसममा निकै गर्मी हुन्छ भने गर्मी याममा जाडोको महसुस हुन्छ । मानिसहरु जब ठण्डीयाममा चिसोका कारण कठ्यांग्रिएर नुहाउने कुरा सोँच्न पनि सकिरहेका हुँदैनन् तब सन्तलाल नामका ती पुरुषलाई दिनमा चिसो पानीले ३/४ पटक नुहाउनुपर्छ । ठण्डीयाममा बफर खेलाउन नपाए उनलाई चैन हुँदैन । जबसम्म बर्फ पग्लिँदैन, तबसम्म उनी बर्फमा लडिरहन्छन् । उता गर्मी महिनामा जिउमा कपडा लगाउन पनि गर्मी भएको बेलामा सन्तलाल भने सिरक तथा कम्बल नओडी सुत्न सक्दैनन्, जिउ चिसोले काँप्न थाल्दछ ।

 अहिले ६० वर्षका भएका सन्तलालको सरीर बच्चैदेखि नै यसरी प्रकृतिको विपरित थियो । पछिल्लो ८ वर्षमा उनी एकपटक पनि बिरामी भएका छैनन् । मौसम विभागको उपनामले चर्चित बनेका सन्तलालको सरीर किन प्रकृतिको नियम विपरित चलिरहेको छ भन्ने अचम्म लाग्छ ।डाक्टरहरुका अनुसार मानिसलाई मस्तिष्कको थर्मोरेगुलेटरी प्वाइन्टले चिसो वा तातोको अनुभुति दिलाउँदछ । यसलाई थ्यालामस वा हाइपो थ्यालामसले नियन्त्रण गर्दछ । सायद मस्तिष्कको सोही भागमा कुनै गडबडी भएका कारण हुनसक्छ, सन्तलालले जाडोमा गर्मी र गर्मीमा जाडो महसुस गरेको ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger