Headlines News :
Home » » उत्तर कोरियाद्धारा केपी ओलीको प्रशंसा, सरकार परिवर्तन हुँदा दुःखी

उत्तर कोरियाद्धारा केपी ओलीको प्रशंसा, सरकार परिवर्तन हुँदा दुःखी

Written By news on Thursday, 4 August 2016 | 00:33



काठमाडौं, २० साउन । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (उत्तर कोरिया)ले नेपालमा छिटो छिटो सरकार परिवर्तन हुनु दुःखद भएको बताएको छ ।

युवा संघ नेपालका अध्यक्ष राजीव पहारीको नेतृत्वमा विहीबार काठमाडौंस्थित उत्तर कोरियाली राजदूतावास गएको युवाहरुको टोलीसँग भेट गर्दै राजदूत किम योङ हकले जनताले रुचाएको सरकार परिवर्तन हुनु दुःखद भएको बताए ।

भेटमा सहभागी युवा संघका प्रवक्ता प्रभातविक्रम कटवालका अनुसार राजदूत हकले राष्ट्रलाई केपी ओलीको आवश्यकता हुँदाहुँदै छिटो सरकार परिवर्तन हुनु दुःखद भएको र यसले विकास र समृद्धि हासिल नसकिने बताएका थिए ।

साथै कोरियाको बिकासमा कोरियाली युबाहरुको भुमिका, प्रबिधि बिज्ञान सस्कृति, र नेपाली युवाहरुसंग अन्तरसम्बन्ध बनाउने कुरामा राजदूत हक सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

नेपाली युबा र प्रजातान्त्रिक जनवाद गणतन्त्र कोरियाका युबाहरुबीच भाइचारा एकता, साझेदारी, संस्कृति आदिलाई सहकार्य गर्दै लैजाने राजदूत हकको भनाई थियो ।

भेटमा युबा संघका अध्यक्ष पहारीले नेपाली युबा आन्दोलन, चीनसंग भएको महत्वपूर्ण पारवहन सन्धि, भारतसंगको सम्बन्धमा सुधार, मरेको राष्ट्रियतालाई ब्युझाउने काम, तराईको बिकास लगायत नेपालको बिकासमा केपी ओलीले लिनु भएको पहलकदमी महत्वपूर्ण रहेको जानकारी गराएका थिए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger