भीमदत्तनगर । कञ्चनपुरको बेल्डाँडी नगरपालिका–१४ का बिमला जोशीकी २२ दिने नाबालिका छोरी माधवी जोशीलाई कुकुरले लुछेपछि मृत अवस्थामा भेटिएकी छिन् । मङ्गलबार दिउँसो आफू शौचालयमा गएका बेलामा आएको कुकुरले २२ दिने नाबालिका छोरीलाई लुछ्दै घरको केही मिटर पर लगेको आमा बिमलाले बताईन । “दुई छोराछोरी छिमेकीको घरमा गएर मकै पोलेर खाँदै थिए”, उनले भने, “शौचालयमा रहेका बेला घरमा काल बनेर आएको कुकुरले छोरी लगेर गएछ ।” घटनापछि प्रहरीले नाबालिकाको शव साँझ परीक्षणका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पु¥याएको छ भने बिमलालाई घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नाबालिका बच्चालाई कुकुरले मारेको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment