Headlines News :
Home » » यौनदासी बन्न नमान्दा १९ युवतीहरूलार्इ जिउँदै जलाइयो

यौनदासी बन्न नमान्दा १९ युवतीहरूलार्इ जिउँदै जलाइयो

Written By news on Wednesday, 3 August 2016 | 01:44


एजेन्सी /आईएसको कब्जामा रहेको महिलाहरुले यौनदासी बन्न अस्वीकार गर्दा इराकको मोसुलमा आतंककारीहरुले १९ यजिदी कुर्दिस महिलालाई पिंजडामा हालेर जिउँदै जलाएका छन् ।   कुर्दिस न्यूज एजेन्सी एआरएका अनुसार यस घटनाका क्रममा सयौं मानिसहरु निरिह बनेर रमिता हेर्न बाध्य थिए ।कुर्दिस समाचार एजेन्सी अब्दुल्ला अल(मालालाई उधृत गर्दै बताइए अनुसार इस्लामिक स्टेट लडाकूसँग यौनसम्बन्ध राख्न इन्कार गरेपछि उनीहरुलाई जिउँदै जलाइएको हो ।

समाचार अनुसार अघिल्लो महिनामा पनि आईएसआईएसले २५ जना इराकी बन्धकलाई एसिडमा डुबाएर हत्या गरेको थियो ।इराक, सिरिया र लिबियामा आईएसआईएसद्वारा धर्मको नाममा मानिसको ज्यान लिने कयौं मामिला सार्वजनिक भइरहेका छन् ।   यसरी मानिसको ज्यान लिँदा अत्यन्तै क्रुर तरिका अपनाइने गरिएको छ ।अगस्त २०१४ मा आईएसआईएसले उत्तरी इराकको यजिदी इलाकामा आक्रमण गरेका थिए ।

यसपछि ४ लाख भन्दा धेरै मानिसहरुले दोहुक, इरबिल र कुर्दिस्तान छाडेर भाग्नुपरेको थियो ।सैन्य स्रोतका अनुसार यस हमलामा सयौं मानिसको ज्यान गएको थियो । यहाँबाट सयौं मानिसलाई अपहरण पनि गरिएको थियो ।   यस क्रममा ठूलो संख्यामा युवती र महिलामाथि बलात्कार गरिएको थियो । ज्यान जाने डरले हजारौं यजिदीहरुले सिंजारको पहाडमा गएर बस्नुपरेको थियो ।आतंककारीहरुले ३ हजार भन्दा धेरै यजिती युवतीहरुलाई यौनदासी बनाउनका लागि अपरहण गरेका थिए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger