Headlines News :
Home » » दरबार हत्याकाण्डमा संग्लग्न व्यक्तित्वहरुको गुगल ब्वाईले यसरि नाम लिन थालेपछि..... हेर्नुहोस भिडियो सहित

दरबार हत्याकाण्डमा संग्लग्न व्यक्तित्वहरुको गुगल ब्वाईले यसरि नाम लिन थालेपछि..... हेर्नुहोस भिडियो सहित

Written By news on Monday, 1 August 2016 | 02:29



नेपालको इतिहासमा कालो दिनका रुपमा सम्झने गरिन्छ । जेठ १९ गते मध्यरातमा भएको अकल्पनीय हत्याकाण्डमा तात्कालीन राजा वीरेन्द्र, एश्वेर्य, युवराज दीपेन्द्रसहित राजपरिवारका १० सदस्यले ज्यान गुमाएका थिए ।
हत्याकाण्डलगत्तै तात्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले घटनामा आफैं ज्यान गुमाएका तात्कालीन युवराज दीपेन्द्रको हात रहेको उल्लेख गरेको थियो । उक्त प्रतिवेदनको सत्यताप्रति केहि राजनीतिक दल बाहेक जनता र प्रमुख राजनीतिक दल र नेताहरुले विस्वास गरेका छैनन् ।



राजा वीरेन्द्रको वंशनाश भएको घटनाको १४ वर्ष बित्दासमेत हत्याकाण्डबारे पत्यार लाग्दो थप सत्य बाहिर आउन सकेको छैन।राजसंस्थाको विरुद्धमा शसस्त्र यूद्धमा होमीएको तत्कालीन नेकपा माओबादीले भने हत्याकाण्डमा राजा विरेन्द्रको माइला भाई ज्ञानेन्द्र र पारस शाहको प्रत्यक्ष संलग्नता रहेको दावी गरेको थियो ।

हत्याकाण्डगत्तै राजगद्धीमा बस्न सफल भएका ज्ञानेन्द्रले ०६२ ०६३ को संयुक्त जनआन्दोलनको सफलतापछि भएको संविधानसभाको पहिलो बैठकले ०६५ जेठ १५ गते गणतन्त्र घोषणा गरेलगत्तै दरवार छोडेका थिए ।दण्डहीनताको मुख्य केन्द्र राजदरवार रहेको बताउने एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनमार्फत पहिलो ठूलो दलका रुपमा स्थापित भएर दुई पटकसम्म सरकारको नेतृत्व गरेपछि पनि दरवार हत्याकाण्डको स्वतन्त्र छानविन गर्न भने सकेको पाइएको छैन ।


माओवादीले हत्याकाण्डलगत्तै परम्परागत राजतन्त्रको विधिवत अन्त्य भएको निष्कर्ष निकाल्दै गणतन्त्रको संस्थागत विकासमा लाग्नुपर्ने बताएको थियो । कतिपय राजनीतिक विश्लेषकहरुले २ सय ३६ वर्षसम्म एकछत्र राज गरेको राजतन्त्र अन्त्य हुनुमा दरवार हत्याकाण्ड प्रमुख कारण रहेको बताउँदै आएका छन् ।

हत्याकाण्डपछि २०४६ सालको संविधानले दिएको संवैधानिक राजतन्त्रको दायरा नाघेर एकाएक सक्रिय भएका ज्ञानेन्द्रको कार्यशैलीका कारण संवैधानिक राजतन्त्रलाई आदर्श मान्दै आएका नेपाली कांग्रेस र नेकपा एमालेलगायतका दलहरु गणतन्त्र प्राप्तिका लागि जनयुद्धमा रहेको माओवादीसँग १२ बुँदे समझदारी गर्न पुगेका थिए । सोही समझदारीका आधारमा भएको दोस्रो जनआन्दोलनले नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरेको हो ।

संविधान सभाको पहिलो बैठकले जेठ १५ गते नेपाललाई गणतन्त्रात्मक मुलुकको रुपमा घोषणा गर्यो । तर नेपालमा गणतन्त्रको औपचारिक थालनी भने करिव ८ बर्षअघि आजैका दिनबाट भैसकेको थियो । राजाको जेठो छोरा राजा हुने परम्पराको अन्त आठ बर्षअघि आजैको दिन अर्थात् २०५८ जेठ १९ गते भएको थियो । त्यो दिन नारायणहिटी राजदरवारभित्र भएको हत्याकाण्डमा राजा बीरेन्द्रलगायत उनको पुरै बंश नास भएको थियो । परम्परागत राजतन्त्रअनुसार राजाको जेठो छोरा राजा हुने त्यो दिन नै नेपालमा गणतन्त्र सुरुवातको दिन थियो ।

राजा बीरेन्द्रको बंशनासपछि उनका भाई ज्ञानेन्द्रलाई राजगद्दी सुम्पिएको थियो । गणतन्त्र स्थापनाकालागि १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा हजारौ शहीदहरुले प्राणको आहुति दिएका छन् । तर गणतन्त्र स्थापनामा ती शहीदका रगतको जति भूमिका छ त्यति नै भूमिका जेठ १९ गते राजदरवारमा बगेको राजा बीरेन्द्रका परिवारको रगतकोपनि त्यत्तिकै भूमिका छ ।

नारायणहिटी राजदरवारमा हरेक महिनाको तेश्रो शुक्रबार राति नियमित पारिवारिक जमघटको आयोजना गरिन्थ्यो । यसै अनुसार २०५८ जेठ १९ गते शुक्रबारपनि जमघटको आयोजना गरियो । त्यसदिनको जमघट त्रिभुवन सदनमा गरिएको थियो जहाँ तत्कालिन युवराज दीपेन्द्र बस्ने गर्थे । राजा बीरेन्द्र, रानी ऐश्वर्य, मुमाबडारानी रत्न, युवराज दीपेन्द्र, अधिराज निराजनका अतिरिक्त राजपरिवारका अन्य सदस्यहरुलाई निम्तो दिइएको थियो ।

अन्य शाही नातेदारपनि त्यहाँ निम्त्याइएका थिए । निम्तालुहरुको संख्या २४ थियो । सबैलाई बेलुकी साढे सात बजे आउन भनिएको थियो । आमन्त्रित मध्ये श्री ५ अधिराजकुमारी प्रेक्षा, कुमार मोहनबहादुर शाही, र राजकुमारी विमला सिंह उपस्थित थिएनन् । अन्तिम राजा ज्ञानेन्द्र त्यो बेला पोखरामा रहेकाले निम्त्याइएका थिएनन् । बाँकी राजपरिवारका सदस्य र नातेदारहरु सबै जमघटमा उपस्थित थिए ।

त्यो अन्तिम रात: घटनाको श्रृङ्गखला

आफ्नै निवास भएकाले त्रिभुवन सदनमा बेलुकी साढे सातबजे भन्दा अघि नै श्री ५ युवराजधिराज दीपेन्द्र पुगिसकेका थिए । त्यसपछि अन्य आमन्त्रितहरु त्यहाँ पुग्न थाले । आमन्त्रित अधिकांस आइपुगेपछि राति आठ बजेतिर युवराज दीपेन्द्र आफ्नो मोटरबाट मुमाबडामहारानी रत्नकहाँ पुगे । रत्न महेन्द्र मन्‍जिलमा बस्ने गर्थिन् । त्यहाँ पुगेका दीपेन्द्रले मुमाबडामहारानी रत्नको मोटर आफैले चलाई जमघट स्थान त्रिभुवन सदनमा ल्याए । अब रत्न बिलियार्ड कोठाको पूर्वतर्फ रहेको सानो बैठक भनिने कोठामा रहिन् जहाँ उनलाई श्री ५ अधिराजकुमारी हेलेन शाहले कुराकानीमा साथ दिइन् । राति साढे आठ बजे राजा बीरेन्द्रपनि त्यहाँ आइपुगे । उनी पैदल हिडेरै आफ्नो अफिसबाट सिधै त्रिभुवन सदनमा पुगेका थिए । उनले सबैभन्दा पहिले मुमाबडामहारानी रत्नसँग भेट गरे साथै केही मिनेट भलाकुसरीपनि । सो भलाकुसरीपछि उनीपनि बिलियार्ड कोठातर्फ लागे ।

यतिन्‍जेलसम्म नारायणहिटी दरवारभित्रको त्यो बंगलामा रहेका युवराज दीपेन्द्रको मनस्थितिमा परिवर्तन आइसकेको थियो । उनी कम्ब्याट पोशाकमा दुईतर्फ अत्याधुनिक राइफल र बार्ह बोरको बन्दुक भिरेर बिलियार्ड कोठामा प्रवेश गरिसकेका थिए । हतियारले सुसज्जित उनी बिलियार्ड कोठासँगै जोडिएको डायनिङ्ग कोठाको पूर्वतिरको बैठकतिरबाट जमघटमा प्रवेश गरे । र आफ्नो साथमा रहेको कालो रङ्गको ९ एमएम क्यालिबरको MP-5K सब-मेसिनगनबाट कोठाको सिलिङ्ग र पश्चिम भित्तातर्फ फायरिङ्ग गर्न थाले । के हुन लागेको हो कसैले अनुमान गरिनसक्दै उनी बिलियार्ड टेवलको पूर्व छेउतर्फ लागे जहाँ उनका पिता राजा बीरेन्द्र आफ्ना नातेदारहरुसँग कुराकानी गरिरहेका थिए । पिता बीरेन्द्रउपर गोली फायर गरेपछि दीपेन्द्र आफै पछाडि सरे ।


पछाडि सरेका दीपेन्द्रले बिलियार्ड कोठाबाहिर निस्केर सो कोठाको पूर्वतर्फ भित्री बगैचाको छेउमै रहेको उत्तरतर्फको झयाङ्गमा राईफल फ्याँके । उनी फेरि बिलियार्ड कोठामा प्रवेश गरे जहाँ उनले केही समयअघिमात्र आफ्नो साथमा रहेमध्येको टेलिस्कोपसहितको एम- १६ राईफल राखेका थिए । उनले त्यो राइफल फेरि बोके । र वरिपरि रहेका सबैतरि सोझ्याउँदै फायर गर्न थाले । उनको निशाना अहिलेपनि पिता बीरेन्द्र नै थिए । नजिकै दीपेन्द्रका आफ्नै बहिनी ज्वाइँ कुमार गोरख शमशेर राणा, काका धीरेन्द्र र फुपाजु कुमार खड्कबिक्रम शाहसमेत रहेकाले उनीहरुपनि दीपेन्द्रको प्रहारबाट बच्न सकेनन् । यी तीनजनामाथि फायरिङ्ग गरेपछि उनी पछाडि सर्दै ढोकामा पुगेजस्तो देखियो |



पछि सर्दै ढोकासम्म पुगेपनि दीपेन्द्र फेरि अगाडि बढे । अब उनको निशानामा उनकी बहिनी अधिराजकुमारी श्रुति, फुपुहरु अधिराजकुमारी शारदा शाह, शान्ति सिंह, शाहज्यादी जयन्ती शाहलगायत परे । उनीहरुमाथिपनि जथाभावी गोली हानेका युवराज दीपेन्द्र बिलियार्ड कोठातिर लागे । लगत्तै उनी कोठाको पूर्वतिरबाट बाहिर निस्के । त्यहाँबाट पूर्वतिर रहेको भित्री बगैंचातिरबाट भाग्न थाले । यसरी राजपरिवारका महत्वपूर्ण सदस्यहरुमाथि गोली दागेर भाग्दै गरेका दीपेन्द्रलाई त्यो बगैंचामा आमा बडामहारानी ऐश्वर्यले खेद्न थालिन् । आमा ऐश्वयलाई पछ्याउँदै अधिराजकुमार निराजनपनि दीपेन्द्रलाई खेद्न थाले । तर विश्वकै सबैभन्दा अत्याधुनिक र शक्तिशाली अमेरिकी स्वचालित एम- १६ बोकेका दीपेन्द्रसँग यी दुइको के लाग्थ्यो ? दीपेन्द्र त्यहाँ रहेको नील काँडाको झ्याङ्ग नाघेर अर्को भागमा पुगे । त्यहाँबाट दीपेन्द्रले उनले आफूलाई खेद्दै गरेका आमा ऐश्वर्य र भाई निराजनमाथि गोली चलाए । आफ्नो परिवारका सबै सदस्यमाथि र नातेदारहरुमाथिसमेत एकपछि अर्को गर्दै गोली चलाएपछि दीपेन्द्र आफैले आफूसँग जगेडा रहेको पेस्तोलबाट गोली चलाए । र आत्महत्याको प्रयास गरे।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger