|
|
साउन २४, गौशाला –
महोत्तरी जिल्लाको धीरापुर गाविसका एक वृद्धाको आइतबार साँझ पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको धीरापुर गाविस–५ बस्ने ७० वर्षीया प्यारीदेवी ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अत्यधिक गर्मी भएकाले घर नजिकै रहेको पोखरीको डिलमा घुमफिर गर्न गएकी वृद्धा ठाकुरको पोखरीको डिलबाट पानीमा लड्दा डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । मृतक वृद्धाको शव परीक्षणका लागि आइतबार साँझ नै जिल्ला अस्पताल जलेश्वर ल्याइएको प्रहरीले जनाएको छ । रासस
|
|
Post a Comment