|
|
इन्दु थारू । प्रेम र यौन बिल्कुलै भिन्न लाग्छन्, उस्ता उस्तै कहिल्यै लागेनन् मलाई । हो, प्रेम र यौन दुवै मानवजीवनमा अपरिहार्य छन् । यी दुवै बिना संसार चल्दैन । यौन बिनाको प्रेममा मानिसहरु कतिको सन्तुष्ट हुन्छन् कुन्नी, तर प्रेम बिनाको यौन भने निकै पीडादायक हुने । प्रेम बिनाको यौन त एक किसिमको बलात्कार नै हो जस्तो लाग्छ । तैपनि कतिपयले यौनलाई नै प्रेम भन्ने गर्छन् ।विवाहले यौनलाई वैधानिक बनाइदिने गर्छ, चाहे त्यहाँ प्रेम होस् या नहोस् ।
त्यसैले त अधिकांश महिलाहरु विवाह पश्चात वैधानिकरुपमै बलात्कृत हुन्छन् आफ्नै श्रीमानबाट । श्रीमान नै किन नहोस्, श्रीमतीको चाहना विपरित यौन सम्बन्ध राख्दा कानुनले पनि त्यस यौन सम्बन्धलार्ई बलात्कार मानेको छ । तर यति हुदाहुदै पनि कुनचाहिँ श्रीमतीले आफ्नै श्रीमान विरुद्ध श्रीमानले बलात्कार गर्यो भनि उजुरी दिने हिम्मत गर्छिन् रु तर म दाबाका साथ भन्छु कैयौं श्रीमतीहरु श्रीमानबाटै बलात्कृत हुन्छन्, तर बोल्ने साहस जुटाउन सक्दैनन् ।
मलाई पनि बलात्कार गरियो । वैधानिकरुपमै मेरा श्रीमानले वैधानिक श्रीमती हुनुको नाताले यौन सम्बन्ध राखे, मेरो चाहना विपरित । मलाई बलात्कार गरियो यसकारणले भन्दैछु किन भने त्यो यौनमा प्रेम कहीँ कतै थिएन । हो उनीसंग मेरो विवाह भयो, उनी मेरा वैधानिक श्रीमान भए । विवाह हुँदैमा त्यहाँ प्रेम हुन्छ भन्ने नै कहां छ र । विवाह र प्रेम फरक विषय हुन् । जसलाई प्रेम गरिन्छ उसैसँग विवाह होस् भन्ने चाहना राखिन्छ, तर चाहना सधैं पूरा नभइदिन सक्छ ।
कतिपय अवस्थामा जसलाई प्रेम गरिँदैन उसैसँग विवाह भइ दिन्छ । मेरो अवस्थामा पनि त्यस्तै भयो । जसलाई मैले प्रेम गरिन उसैसँग विवाह भयो । अनि विवाहको पहिलो रात त्यो पुरुष मेरो श्रीमान हो भनेर सम्झौता गर्न त सकौला तर प्रेम रु सम्झौता प्रेम होइन र हुन पनि सक्दैन ।
समाजको अगाडि मेरो निधारमा लगाइदिएको रातो टीका ९सिन्दुर० र गलामा झुन्ड्याइदिएको माला ९मंगलसुत्र०को आडमा श्रीमान नामको पुरुषले विवाहको पहिलो रात नै मलाई बलात्कार गर्यो । सिन्दुर र मंगलसुत्रको आडमा श्रीमानले श्रीमतीमाथि मनपरि गर्न पाउने रहेछन् ।
म दुलहीको भेषमा नयाँ घरको नयाँ कोठामा चुपचाप बस्न बाध्य हुन्छु । या भनु कुन बेला श्रीमान नामको पुरुष आउला र मलाई क्षतविक्षत पार्ला भनि पर्खेर बसेको हुन्छु । खासमा मलाई त्यहाँबाट भाग्न मन हुन्छ तर थोरै पनि हलचल गर्न सक्दिन ।
साँच्चै सिन्दुर र पोतेमा धेरै तागत पो हुने रैछ । मलाई चारैतिरबाट बाँधिएको महसुस हुन्छ । मेरो प्रतिक्षाको घडी पनि समाप्त हुन्छ, श्रीमानको आगमन हुन्छ कोठामा र उनको रवैया र व्यवहार देखेर उनी मलाई आफ्नो श्रीमान् जस्तो फिटिक्कै लाग्दैन, उनीमात्र पुरुष जस्तो लाग्छ ।
प्रेम मिश्रित यौनमा म धेरै पटक हराएको छु, आफ्नो प्रेमीसँग । उसको स्पर्श कति जेन्टल र सफ्ट । उसको एउटा स्पर्शले मलाई भित्रैदेखि तरंगित बनाउँथ्यो । अनि नजानिदो पाराले म आफैँ उसको नजिक सर्न बाध्य हुन्थे । उसको मायालु अंगालोमा म पूरै हराउँथे, संसार भुल्थे, सबै दुःख पीडा बिर्सन्थे । पुरुषका यी दुई भिन्न रुप, भिन्न भिन्न व्यवहारदेखि म चकित पर्छु । एउटा पुरुष जो प्रेमी हुन्छ, संसारका सबै दुःखपीडा बिर्साउँछ । अर्को पुरुष जो श्रीमानको नाममा केवल पुरुष हुन्छ ।
|
|
Post a Comment