Headlines News :
Home » » छिन् छिनमै बिर्सने बानि छ ??? स्मरण शक्ति बढाउन निम्न उपायहरु अपनाउनुहोस…

छिन् छिनमै बिर्सने बानि छ ??? स्मरण शक्ति बढाउन निम्न उपायहरु अपनाउनुहोस…

Written By news on Sunday, 7 August 2016 | 23:24


स्मरणबिना सभ्यता पनि असम्भव छ । स्मरणको अभावमा समाज र भविष्यको कल्पना गर्न सकिदैन,’ वरिष्ठ दार्शनिक इलि विइसेलले भनेका छन् । हो स्मरण शक्ति बिनाको जीवनको कल्पना पनि गर्न सकिदैन । त्यति हुँदा हुँदै पनि कतिपयको निकै कमजोर स्मरण शक्ति हुन्छ । के हो कम्जोर स्मरण शक्ति विभिन्न कारणले स्मरणशक्ति कमजोर हुन्छ । कोहीको जन्मजात नै कमजोर स्मरण शक्ति हुन्छ । कसै कसैमा यो समस्या गम्भीर हुन्छ । एकाग्रताको अभावमा स्मरण शक्ति कमजोर हुन्छ । कमजोर स्मरण क्षमता हुने मानिसको व्यक्तित्व पनि नराम्रो हुने उनीहरु डिमेन्सिया जस्तो दिमाग सम्बन्धि रोगको शिकार बन्ने खतरा हुन्छ । डिमेन्सियाले मानिसको दैनिक गतिविधि नै नराम्रोसँग प्रभावित हुन्छ ।

 कमजोर स्मरण शक्तिका कारण उमेर पाको हुदै जानु, एकाग्रताको कमी, डिप्रेसन, चिन्तालगायतका समस्याले स्मरण शक्ति घट्छ । त्यस्तै मदिराको कुलत, ड्रग्स, ब्रेन ट्युमर, निश्चित प्रकारका औषधीको सेवनले पनि स्मरण शक्तिलाई नराम्रो असर गरेको हुन्छ । यसरी बढाउन सकिन्छ स्मरण शक्ति पिस्ताको नट थायमिन वा भिटामिन बी एकको कमीले पनि स्मरण शक्ति घट्छ । पिस्तामा थायमिनको मात्रा अत्यधिक हुन्छ । आधा कप पिस्ता नटमा दशमलब ५४ एमजी थायमिन हुन्छ । पचास वर्ष वा सो भन्दा मुनिका पुरुषमा १ दशमल पाँच एमजी र महिलामा १ दशमलब १ एमजी हुनुपर्छ । गँहुको जमराः स्मरण शक्ति वा उमेरसँग सम्बन्धित समस्याका लागि गँहुको जमरा उपर्युक्त चिज हो । यसमा भिटामिन ईको मात्रा बढी हुन्छ ।

ब्लुबेरीःएन्टिअक्सिडियन्टयुक्त ब्लुबेरीले पनि स्मरणशक्तिमा अस्थायी रुपमा सुधार ल्याउन सहयोग पुयाउछ । गाजरः क्यारोटिन तत्व युक्त गाजरले पनि स्मरण शक्तिलाई सशक्त बनाउँछ । दिनहु एक गिलास गाजर र एप्रिकेटको जुस पिउँदा स्मरण क्षमता तेज हुन्छ । अन्डाः अन्डाले पनि स्मरण क्षमता वृद्धि गर्छ । अन्डामा हुने लेसिथिनले नशाको कोषलाई बलियो बनाउँछ । भिन्डीः त्यस्तै दैनिक तरकारीको रुपमा प्रयोग हुने भेडरीले पनि दिमागलाई तेज बनाउँछ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger