Headlines News :
Home » » लोग्ने मरेको श्रीमतिबाट यस्तो फाईदा लिए अहिलेका प्रम प्रचण्ड र पुर्ब मन्त्रि बस्नेतले

लोग्ने मरेको श्रीमतिबाट यस्तो फाईदा लिए अहिलेका प्रम प्रचण्ड र पुर्ब मन्त्रि बस्नेतले

Written By news on Saturday, 6 August 2016 | 22:00


२२ साउन, काठमाडौं ।
माओवादी कार्यकर्ताद्वारा हत्या गरिएका रामहरि श्रेष्ठकी पत्नी रमिलाकी दिदी बिमला अविवाहित थिइन् । युवा संघमा सक्रिय उनले आफ्ना साथीभाई पनि लिएर आइन् । उनीहरु पनि थपिएपछि आन्दोलन सशक्त बन्दै गयो । बिमलाकी बहिनीको घरमा बज्रपात परेका कारणले एमालेले विशेष चाँसो देखायो । काँग्रेसका नेता कार्यकर्ता पनि साथ दिए । आन्दोलन चर्कदै जादा महेश बस्नेतको आक्रामक प्रस्तुति समाचारका खुराक बन्न थाले । माओवादीमाथि रमिलाको अदम्य साहशका कारण दबाब चर्को पर्यो । खुला राजनीतिमा आएपछि प्रचण्डका लागि पहिलो पटक अन्तर्राष्ट्रिय दबाब परेको थियो । प्रधानमन्त्री हुन तम्तयार भएका प्रचण्डको सिंहदरबार प्रवेश कठीन बन्दै गयो ।

प्रचण्डसँग अनेक चरणमा बार्ता भए । प्रचण्डले रमिलाप्रति बेग्लै सहानुभुति देखाए । पार्टीभित्रका कुहिएका आलुका कारण आफ्नो शीर निहुंरिएको उनको प्रष्टिकरण थियो । अन्ततः प्रचण्ड लिखित सहमति गर्न राजी भए । क्षतिपूर्ति दिने र दोषिलाई कारवाही गर्ने उनको लिखित प्रतिबद्धता थियो । एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष बिद्या भण्डारी उनको घरमा पुगे ।

छिमेकी माधब नेपाल जाने भइहाले । केपी ओलीले रामहरि परिवारको पक्षमा प्रचण्डको उछितो काडिरहेका थिए । रामहरिलाई सहिद घोषणा गर्ने, राज्यका तर्फबाट उनका सन्तानलाई उच्च शिक्षा दिने, रामहरिको नाममा प्रतिष्ठान बनाउने लगायतका कुरा भए । राजनीतितर्फ रुची नभएकी रमिला विस्तारै राजनीतिमा लागिन् । एमालेमा सक्रिय भइन् । एमालेको सहयोगमा प्रचण्ड प्रधानमन्त्री भए । गृहमन्त्री एमालेले पायो । तर, रामहरिलाई मार्ने केशब अधिकारी रघु र गगांराम थापा एटम पक्राउ परेनन् । गोबिन्दबहादुर बटालालाई पनि मतियार मात्र बनाइयो ।

रमिला दिनहुँ जसो नेताकोमा जान्थिन् । उनीहरुले पक्राउ गर्नै लागिएको जवाफ फर्काउंथे । तर, पक्राउ गरिएन । माधब नेपाल नेतृत्वको सरकार बन्यो । रमिला गृहमन्त्री भीम रावललाई भेट्न गइन् । उनले क्षतिपूर्ती वापत डेडदुई लाख दिन सक्ने उत्तर दिए । उनी लाखका लागि धाएकी थिइनन्, न्यायका लागि भौतारिएकी थिइन् । निराश हुँदै घर फर्किन् । एमालेलेको राजनीतिमा पुनरागमन रामहरि हत्याकाण्डको विषयलाई लिएर भएको थियो । प्रचण्ड लिखित सम्झौता गरेकै थिए, दोषिलाई प्रहरीको जिम्मा लगाइनेछ । तर, न एमाले रामहरिको विषयमा बोल्न तयार देखियो । नत प्रचण्डले दोषिलाई प्रहरीसमक्ष बुझाए । रमिलाले शब नबुझे सिंहदरबार प्रवेश अनिश्चित देखेका प्रचण्डले लिखित सम्झौता गरेर रमिलालाई झुक्याएका थिए ।

रमिलाले सडक बसाइ नलम्ब्याए आफुहरुको राजनीति पुनरागमन नहुंने एमालेले बुझेका थिए । उनले ढिलागरि बुझिन्ः उनको आँशुमाथि राजनीति भइरहेको रहेछ । तीन बर्षपछि गोविन्दबहादुर बटालालाई मतियार प्रमाणित गरियो । र, छुटाइयो । रमिलाले अन्याय भएको भन्दै सर्वोच्चमा निवेदन दिइन् । सुशीला कार्की र ताहिर अली अन्सारीको संयुक्त इजलाशले रमिला पक्षधरका वकिलको बहस नै सुनेनन् । बटालाको रिहाइ नाटकीयरुपमा सदर गरिएको रमिलाको बुझाइ छ ।

रमिलाले न्यायाधीश सुशीला कार्कीसँग अनुनय गरिन् । महिलाले महिलाको आँशुको अर्थ बुझ्ने उनको अपेक्षा पनि फिका भयो । हाल प्रधान्यायाधीश रहेकी कार्कीकै इजलाशले आफ्नो बयान नसुनेको हो भन्ने विश्वास गर्न उनलाई गाह्रो भइरहेको छ । महेश बस्नेतको राजनीतिक उदय रामहरि हत्याकाण्ड पछि भयो । बस्नेतले रामहरि हत्याकाण्डपछि आफुले आन्दोलन छेडेका दाबी गर्दै आएका छन् । सो घटनाको ५ बर्षपछि बस्नेत आफैं मन्त्री भए । रमिलालाई लाग्योः महेशले कुरा उठाउलान् । तर, रामहरि प्रकरण बस्नेतले पूरै विर्सिसकेका थिए । रमिला महेश बस्नेतकै जोडबलमा राजनीतिमा लागेकी थिइन् । शोकमा पनि सडकमा आएर उनले दुनियाँलाई भिन्दै पाठ सिकाएकी थिइन् । रमिलाको शोकले बस्नेतको राजनीतिमा उभार ल्याइदिएको थियो ।

बस्नेतले पटकपटक आग्रह गरेपछि रमिला राजनीतिमा लागिन् । उनी निर्वाचित केन्द्रीय सदस्य थिइन् । उनीजस्तै अरु निर्वाचितलाई तल पार्ने गरी महेश बस्नेतले सचिवालय गठन गरे । रमिला रमिते बनेर बस्ने स्वभावकी थिइनन् । उनले बिराटनगरको बैठक बहिष्कार गरिदिइन् । त्यो घटनाभन्दा पहिले देखिनै बस्नेतले रामहरिको चर्चा गर्न छाडिसकेका थिए । त्यसपछि बस्नेत झनै टाढिए । महेश बस्नेत मन्त्री भएकै बेलामा लेखक बनेर निस्किए
उनको किताब म महेश बजारमा आयो । भव्यरुपमा सार्वजनिक भयो । धरैले भने कितावको मुख्य सन्दर्भ नै रामहरि हत्याकाण्डका बारेमा छ । तर, दुनियाँभरका मान्छे आमन्त्रित गरिदाँ कितावकी मुख्यपात्र रमिला बेखबर थिइन् । धेरैले ठानेका थिए रमिला नै मुख्य बक्ता र अतिथि बनाइनेछिन् । किताबका बारेमा अनेक चर्चा चले । रमिलालाई महेशले यस्तो लेखेको छ उस्तो लेखेको छ भनेर सुनाउन थाले । रमिला आफैंले किताब किनेर पढिन् ।

महेश बस्नेतप्रतिको सम्मानमा उनले कमी हुन दिएकी थिइनन् । शोकको घडीमा साथ दिएको व्यक्तिका रुपमा उनी सम्मान गर्थिन् । किताव पढ्दै जाँदा उनलाई कताकता खल्लो लाग्यो । महेश बस्नेतले आफूलाई नायक बनाउनका लागि कैयौं घटनाक्रम तोडमोड गरेका थिए । रमिलालाई आन्दोलनमा पुतलीजस्तो बनाइएको अर्थ लाग्ने गरी उनले तथ्यहरु बग्याएका थिए । रमिलालाई लाग्यो, किताबको भण्डाफोर गरौं । तर, उनको मनले मानेन । कतिले उनलाई सोधे, उनले मेरो प्रतिक्रिया नछाप्नुहोला भन्दै विषयलाई प्रकाश पार्दै गरिन् ।

कुराकानीमा रमिलाले भनिन्ः
१। किताबमा उल्लेख गरिएजस्तो महेश बस्नेतले आन्दोलन शुरु गरेका होइनन् । हामीले शुरु गरिसकेको आन्दोलनमा उनी आएका हुन् । युवा संघ आएपछि आन्दोलन फराकिलो भएको हो । ज्ञानबहादुर दाइ, दामोदर अर्यालहरुको भुमिका उत्तिकै महत्वपूर्ण छ । मेरो दिदी आफैंपनि नेता हुनुहुन्थ्यो । महेशजीको भुमिका अवश्य छ । तर, कितावमा भनेजस्तो होइन ।

२। प्रचण्डसँग महेशजीले वार्ता गरेको कुरा झूटो हो । प्रचण्डजीसँग वार्ता गर्दा उहाँलाई मैले देखिन ।
३। महेशजीले मलाई के बोल्ने भनेर सिकाएको भन्ने कुरा गलत हो । श्रीमान् मर्दाको पीडा भन्न कसैले सिकाइरहनुपर्छ र रु रुनपनि कसैले भन्नुपर्छ र रु व्यथा कसैले भन्दैमा पोखिन्छ र रु यो सत्य होइन । कार्यक्रमलाई राजनीतिक तवरले व्यवश्थित गर्न उहांको भुमिका छ तर उहांले भनेजस्तै म प्रस्तुत भएको भन्नु मेरो पीडामाथिको अवमूल्यन हो ।

४। मेरो पीडाबाट कसैको राजनीतिक उदय भयो । यसबारे मलाई भन्नु केही छैन । प्रचण्डलाई प्रधानमन्त्री बन्ने बाटो मैले शब बुझेर तयार भयो । मेरो श्रीमान्को हत्याले कसैलाई मन्त्री बन्ने आधार बनायो । हामीले के पायौं रु छोराछोरी पठाउने व्यवस्था मिलाउने भनेको के भयो रु प्रतिष्ठान बनाउने भनेको के भयो रु दोषि पक्राउ गर्ने कुरा कहाँ हरायो रु यो कुरा सम्झदा ममाथि दोहोरो अन्याय भएजस्तो लाग्छ । मेरो आँशु र कसैको राजनीति साटिएको छ ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger