Headlines News :
Home » » प्रधानमन्त्री प्रचण्डले सिधाकुरा प्रधानमन्त्रीसंगका प्रस्तोता रबि लामिछानेलाई हटाए

प्रधानमन्त्री प्रचण्डले सिधाकुरा प्रधानमन्त्रीसंगका प्रस्तोता रबि लामिछानेलाई हटाए

Written By news on Saturday, 6 August 2016 | 23:32


नेपाल टेलिभिजनमा संचालित लोकप्रिय कार्यक्रम सिधाकुरा प्रधानमन्त्रीसंग का प्रस्तुतकर्ता टिभी पत्रकार रवि लामीछानेलाई सो कार्यक्रमबाट प्रधानमन्त्री प्रचण्डको सरकारले निकालेको जानकारी सो कार्यक्रमका संचालक साथै परिकल्पनाकार लामिछानेले आफ्नु फेसबुक पोस्ट मार्फत सार्बजनिक गरेका छन्।
अझ लामिछानेको पोस्टलाई ध्यान दिएर हेर्ने हो भने प्रधानमन्त्री पुष्पकमल दाहाल आफैले प्रतक्ष्य हस्तक्षेप गरेर रबि लामीछानेको टिम नै निवर्तमान प्रधानमन्त्री ओलीका समर्थक भएको आरोप लगाएर सिंगो टिमलाई निकालेको जस्तो किसिमिले जानकारी दिएका छन्।

आफ्नु फेसबुक पोस्टमा लामिछाने लेख्छन् स्वर्गीय प्रधानमन्त्री सुशील कोइरालाको पाला देखिको प्रयास निवर्तमान प्रम ओलीको पालोमा सम्भब भयो सो कार्यक्रम प्रसारण गर्नुलाई अब देखि कुनै पनि प्रस्तोता सरकार बदलीको शिकार नहोस भन्दै प्रार्थना गरेका छन्।

(रबि लामिछानेको फेसबुक स्टाटस्)


तर विडम्बना आज सो कार्यक्रमका संचालक नै सरकारको राजनैतिक शिकार भएका छन् । ओली सरकार परिर्वतनसँगै नयाँ प्रधानमन्त्री आए पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ आए पछि पनि कार्यक्रमले भने निरन्तरता पाएको छ । आजको कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड उपस्थित भए तर नयाँ प्रस्तुतासँग।

आजको कार्यक्रम पत्रकार बबिन शर्माले चालाएका थिए । शर्मा सभामुख ओनसरी घर्तिका प्रेस सल्लाहाकार समेत हुन्। सभामुखका सल्लाहाकारलाई कार्यक्रम प्रस्तुतिको जिम्मा दिएको भन्दै कतिपयले समाजिक संजालमा आलोचना समेत गरेका छन् । यस सम्बन्धि शर्मा स्वयमले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger