Headlines News :
Home » » दाईजो नल्याएको भन्दै मरणासन्न हुने गरि कुटपीट

दाईजो नल्याएको भन्दै मरणासन्न हुने गरि कुटपीट

Written By news on Wednesday, 10 August 2016 | 00:55


श्रीमान र सासु पक्राउ
श्रावण २५, २०७३- दाईजो नल्याएको भन्दै नेपालगन्ज १९ बालेगाउँकी १८ वर्षीया आसरुन जोलहालाई परिवारले निर्घात कुटपीट गरेका छन् । कुटपिटबाट उनका दुबै आँखामा गहिरो चोट लागेको छ ।
गम्भीर घाईते भएकी आसरुनको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आसरुनलाई कुटपिट गर्ने उनका श्रीमान २४ वषर्ीय वसिम जोलहा र सासु बाबादैया जोलहालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक भिमकिरण बोगटीले बताए ।

घाइते जोलहालाई उपचारका लागि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएपछि घटना बाहिर आएको उनले बताए । उनीहरुबिरुद्व ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ ।२ वर्ष अघि मागी विवाह भएको आसरुनको पटक पटक दाइजो नल्याएको भन्दै घरमा श्रीमान सासु ससुराले कुटपिट गर्ने गरेको बताईन ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger