|
|
प्रधानमन्त्री केपी शर्मा ओली झण्डै साढे ९ महिना बसेको सरकारी निवास बालुवाटार बुधबार दिउँसो ३ बजे छाड्ने भएका छन् ।
प्रधानमन्त्री सिंहदरबारबाट भने मंगलबार नै बिदा भईसकेका छन् ।बिहान ११ बजे हुने प्रधानमन्त्री निर्वाचनका लागि बालुवाटारबाटै उनी व्यवस्थापिका संसद जाने कार्यक्रम छ । निर्वाचन सकिएपछि उनी सोझै निजी निवास जानेछन् । सम्भव बिहीबार बिहान हुने नयाँ प्रधानमन्त्रीको शपथका लागि ओली बालकोटबाटै कारगेट लिएर शीतल निवास जानेछन् ।
‘फर्कंदा बिना कारगेट बालकोट जानुहुन्छ,’ प्रेस सल्लाकार विण्णु रिमालले बताए ।मन्त्रीहरु र निजामति कर्मचारीसँग बिदाइ भेट गरेका ओलीले बुधबार बिहान नै निजी सचिवालयका सदस्यहरुसँग बिदाइ भेट गरेका छन् । नेपालका ओली मुलुकको ३८ औं प्रधानमन्त्री हुन् ।
ओलीको ९ महिना कार्यकालमा जनताहरु रुचाएका थिए । नेपालको सर्बभौमता र राष्ट्रियताका लागी ओलीले कोहीसंग नझुकेको भन्दै यूबाहरुले बुधबार नयाँ बानेश्वरबाट उनको निजी निवास भक्तपुर बालकोटसम्म ¥यालीका साथ लैजाने भएका छन् । २०७२ असोज २४ गते प्रधानमन्त्री भएका ओली त्यसको ५ दिनपछि भक्तपुरको बालकोटबाट बालुवाटार सरेका थिए । कुनै साइत नहेरी बालुवाटार सरेका ओली साइतै नहेरी निजी निवास सर्ने उनको निजी सचिवालयले जनाएको छ ।
|
|
Post a Comment