Headlines News :
Home » » छापिएको कागजमा पोको पारेको खान्की मानव स्वास्थ्यको लागि खतरा !

छापिएको कागजमा पोको पारेको खान्की मानव स्वास्थ्यको लागि खतरा !

Written By news on Monday, 1 August 2016 | 21:56



पोखरा – उहिल्यैका मानिसहरुले भाँडा वर्तनको सहज पहुँच नहुँदा मेलापातमा अनि अर्थात् खाजा लैजाँदा घरकै निवाराको पात, केराको पात, कटुस र सालका पातका टपरी प्रयोग गर्दथे ।

 ती पातमा दिइएको खाने कुराले मानिसलाई कुनै असर गर्दैनथ्यो ।chat-pate तर, हिजोआज मानिसको खानपान र आनीबानी परिवर्तन भएको छ । हिजो प्रयोग हुने ती गाउँले जनजीवनका अस्थायी भाँडा वर्तन अहिले प्रयोगमा कमै आउने गरेका छन् । बजारमा भने यिनै अस्थाई भाँडा वर्तनको रुपमा कागजका भाँडा वर्तन आएका छन् । ती पनि अत्यन्तै हानिकारक मासी प्रयोग भएका कागजहरु रहेका छन् ।



 बजारका मासु पसले, दुनोट पसले, चट्पट पसले र पानीपुरी पसलेले हिजोआज यस्ताखालका भाँडावर्तन प्रयोग गर्ने गरेको पाईन्छ । उनीहरुले प्रयोग गर्ने अस्थायी भाँडा वर्तन अधिकांश छापिएका कागजको हुने गर्दछन् । प्रेसमा छापिएका दैनिक, साप्ताहिक, पाच्छिक, मासिक पत्रिकादेखि अन्य छापिएका पाठ्य पुस्तकहरु यस्ता अस्थायी भाँडा वर्तनको रुपमा व्यापारीहरुले प्रयोग गर्दै आएका छन् ।

यस्ता पेपरमा पसलेले दिएको खानेकुराले मानव शरिरमा कति असर गर्छ भन्ने कुरा कमैले मात्र हेक्का राखेका होलान् । साना बालबालिकादेखि टीनएजरका युवायुवतीले चना चट्पट्, पानीपुरी खाने भाँडा वर्तन अहिले यिनै छापिएका कागजका हुने गरेका छन् । पोखराको सिद्यार्थचोकमा रहेको एक पानीपुरी पसलमा पानीपुरी मागेकी मालेपाटनकी भगवती केसीलाई पसलेले कागजमा पानीपुरी दिए ।

 पानीपुरी हातमा समाउन नपाउँदै चुहिएर हत्केला भरी भयो । उनले दिएको छापिएको कागज सबै भिजिसकेको थियो । उनले त्यो पेपर तर्काउँदै पानीपुरी खाएर सरासर पैसा तिरेर बाहिरिइन् । कागजमा खाँदा के हुन्छ ? तपाईलाई थाहा छ भन्दा केही थाहा नभएको बताउने भगवतीले सबै साथीले यसैगरी यो अंकलले दिएको खान्छन् भन्दै तर्किइन् । तर, त्यहाँ भगवतीले पानीपुरी मात्रै खाईनन् उनले अनाहकमा दीर्घरोग समेत किनमेल गरिन् ।

 भगवतीलाई यो कुरा अहिले थाहा छैन्, पछि कुनै बेला पेटको क्यान्सरका रुपमा सो कागजमा दिएको पानीपुरीको असर निस्कनेमा दुईमत छैन । यसरी पानी कागजमा पानीपुरी खाने भगभती त एक प्रतिनिधि पात्र मात्र हुन् । हिजोआज भगवती जस्ता लाखौं युवायुवती र बालबालिकाले यस्तै छापिएका कागजमा दिएको बजारको जंङ्क फूड सेवन गर्दै आएका छन् । प्रेसमा छापिएको कागज एक दुईघण्टा नबित्दै बजारमा जान्छ । बजारमा पसलेले त्यही पेपरमा खानेकुरा पोको पारेर दिने गर्छन् ।

 जुन छापिएको खतरनाक मसी कागजमा सुकिसकेको हुँदैन । त्यो मसी खानेकुरामा लाग्छ , यसरी छापिएको कागजमा पोको पारेर दिएको खाने कुराले मानिसलाई दीर्घरोगी समेत बनाउने गरेको छ । यसको प्रमुख कारण हो पेपर छपाईमा प्रयोग हुने मसी । पेपर छपाईमा प्रयोग हुने मसीमा फ्रि रेडिकल नामक विषादी हुने गर्दछ । यो विषादीले मानिसलाई क्यान्सर, छालाको एलर्जी जस्ता रोग लाग्ने डाइटिसियन श्रीवीद्या कायस्थ बताउँछिन् । सादा पेपरमा र्यापिङ गरिएको खानेकुराले मानव स्वास्थ्यमा कुनै असर नपारे पनि छापिएको पेपरमा बेरिएको खानेकुराले मानिसको स्वास्थ्यमा गम्भीर असर पार्ने उनको भनाई छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger