Headlines News :
Home » » प्रहरीलाई डनको चेतावनी, हिम्मत भए पक्राउ गरेर देखाउ

प्रहरीलाई डनको चेतावनी, हिम्मत भए पक्राउ गरेर देखाउ

Written By news on Tuesday, 16 August 2016 | 04:54


काठमाडौं । राजनीतिक दलका नेताको आडभरोसामा राजधानीमा संगठित रूपमा गुन्डागर्दी गर्दै आएका गुन्डाका नाइके र तिनका सदस्य अहिले गुमनाम छन् । कोही राजनीतिमा सक्रिय हुन थालेका छन् भने कोही विदेश पलायन भएका छन् ।
दुई वर्षयता राजधानीमा चरी भन्ने दिनेश अधिकारी र घैंटे नामले कुख्यात कुमार श्रेष्ठ प्रहरी इन्काउन्टरमा मारिएपछि अन्य गुन्डा नाइके तिनका सदस्य गुमनाम भएका छन् ।

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीमा रासनदेखि हतियारसम्मको सप्लाइ गर्दै आएका शेर्पालाई अहिले प्रहरीको अपराध महाशाखाले खोजिरहेको छ

तर, लुटेराबाट ठेकदार बनेका अर्का कुख्यात गुन्डा नाइके काजी शेर्पाले भने प्रहरीलाई खुलमखुला चुनैती दिएका छन् । ठेक्कापट्टाको काम गर्दा मजदुरले साइडमा खाना खान मगाएका रासनको पैसा नतिरेपछि शेर्पाविरुद्ध अपराध महाशाखामा उजुरी परेको थियो ।

करोडौंको काम गर्ने शेर्पाले तीन÷चार लाख नतिरेको उजुरी परेपछि महाशाखाका अधिकारीले उनलाई फोन गरेर उक्त पैसा चुक्ता गर्न अनुरोध गरे । तर, शेर्पाले एक कानले सुने अर्को कानले उडाए । त्यसपछि महाशाखाको फोन उठाउन छाडे । पछिल्लो समय नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीमा रासनदेखि हतियारसम्मको सप्लाई गर्दै आएका शेर्पा सुध्रिएको भान प्रहरीमा थियो । पैसा कमाएपनि गुन्डा आखिर गुन्डा नै हुँदो रहेछ भन्दै अहिले महाशाखा प्रहरी शेर्पाको खोजिमा लागेको छ ।

को हुन् काजी शेर्पा ?

डलर देखाएर लुट्ने  धन्दाका जन्मदाता शेर्पा अहिले प्रहरी र सेनाका रासन र हतियारका ठेकदार बनिसकेका छन् । लुटपाटको धन्दाबाट कमाएको पैसाले ठमेलमा ठमेल किचेन नामक डान्सबार चलाएका थिए । ठमेलका डन दीपक मनाङे भन्ने राजीव गुरुङसँग तालमेल नमिलेपछि रेस्टुरेन्ट कब्जा गर्दै शेर्पालाई ठमेलबाट लखेटिएको थियो ।

ठमेलको आफ्नो व्यापार व्यवसायबाट हात धुने परेपछि शेर्पाले अर्का डन भीम गुरुङसँग हात मिलाउन पुगे । भीमको ग्याङमा पुुगेका शेर्पाले मनाङेसँग बदला लिन कुमार घैंटे, समिरमान बस्नेत जम्मा गरेर अर्को ग्याङ खडा गरेर त्यसको नाईके बने । शेर्पाको नेतृव्वमा मनाङे समूह र शेर्पा समूहबीच पटकपटक ग्यांवार भयो । शेर्पाले चलाएको पेस्तोलबाट सामाखुसीमा काभ्रेली समूहका  विष्णु लामाको पेटमा गोली लागेको थियो ।

भीम र घैंटेको आड र अर्का डन चक्रे जेल गएको मौकामा शेर्पाले बालुवा खानीबाट अकुत थुपारेका थिए । त्यही पैसाले शेर्पाले पछिल्लो समय ठेक्कापट्टा र सुरक्षा निकायमा रासनदेखि हतियारसम्म सप्लाई गर्दै आएका छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger