Headlines News :
Home » » अर्की सँग लागेका श्रीमानः कसरी फर्काउने उपाय सहित, पढ्नै पर्ने अति रमाइल कुरा, एकपटक अवस्य पढ्नुहस>>

अर्की सँग लागेका श्रीमानः कसरी फर्काउने उपाय सहित, पढ्नै पर्ने अति रमाइल कुरा, एकपटक अवस्य पढ्नुहस>>

Written By news on Wednesday, 3 August 2016 | 03:23


सांघाईकी २९ वर्षीया वाङ एकदिन आफ्ना श्रीमानको मोबाइल खेलाइरहेकी थिइन्। अचानक उनको नजर एउटा ‘मेसेज’ मा गयो । मेसेज एउटी केटीको थियो।
उनका आँखा चनाखा भए।

उनले मेसेज बक्स खोलिन्। सर्रर पढिन्। उनलाई यो थाहा पाउन कत्ति बेर लागेन, उनका श्रीमानको अर्कै केटीसँग ‘अवैध’ सम्बन्ध छ। उनीहरू एउटै अफिसमा काम गर्छन् भन्ने पनि वाङले बुझिन्।

श्रीमानको ‘अवैध सम्बन्ध’ थाहा पाउँदा कुन श्रीमतीको मन छियाछिया नहोला!

‘म त्यो रातभर निदाउन सकिनँ, रोएको रोयै भएँ,’ वाङले भनिन्, ‘मलाई भित्रैदेखि चोट पुगेको थियो।’

अब वाङका अगाडि दुइटा बाटा थिए, चुपचाप सहेर बस्ने वा प्रतिरोध गर्ने।

उनी प्रतिरोध गर्न चाहन्थिन्, तर त्यसमा पनि समस्या थियो। सोझै प्रतिरोधमा जाँदा उनको वैवाहिक सम्बन्ध नै चकनाचुर हुन सक्थ्यो। वा, श्रीमान उनलाई छाडेर सधैंका लागि ती केटीसँग लहसिन सक्थे, जुन उनी कदापि चाहन्नथिन्।

उनले दोस्रो विकल्प त छानिन्, तर पृथक ढंगले।

सिधै श्रीमानसँग झगडा गर्नुको साटो उनले इन्टरनेट खोलिन् र गुगलजस्तै एक चिनियाँ ‘सर्च इन्जिन’ मा गएर ‘मिस्ट्रेस डिस्पेलर’ टाइप गरिन्। ‘मिस्ट्रेस डिस्पेलर’ भनेको परस्त्री सम्बन्धमा लागेका श्रीमानलाई त्यसबाट मुक्त गराउनु हो।

सर्च इन्जिनले अनेकौं उपाय देखायो। तीमध्ये प्रमुख थियो, परस्त्री सम्बन्धबाट छुटकारा दिलाउन मद्दत गर्ने कम्पनीहरूको सूची।

अमेरिकी अखबार ‘इन्टरनेसनल न्यू योर्क टाइम्स’ ले सोमबार प्रथम पृष्ठमा छापेको समाचारअनुसार पछिल्लो समय चीनका केही ठूला सहरमा यस्ता कम्पनीको संख्या बढ्दो छ। तिनीहरूको विशेषज्ञता भनेको विवाहबाहिरको ‘अवैध’ सम्बन्धबाट छुटकारा दिलाउनु हो। यस्ता सेवा धेरैजसो ती श्रीमतीले लिने गर्छन्, जो परस्त्री सम्बन्धमा फसेका श्रीमानलाई घर फर्काएर वैवाहिक सम्बन्ध जोगाउन चाहन्छन्।

यसमा सबभन्दा पहिला कम्पनीले आरोपित केटीमाथि अध्ययन सुरु गर्छ। विवाहित केटासँग सम्बन्ध गाँस्नुमा उसको रुचि के हो पत्ता लगाउँछ। त्यसपछि कुनै अर्को केटालाई नाटकीय रूपले ती केटीको जीवनमा प्रवेश गराइन्छ। त्यो केटाले विस्तारै केटीको विश्वास जित्न थाल्छ। र, अन्ततः त्यो पुरुष र ती केटीको सम्बन्ध तोड्न मद्दत गर्छ।

संसारकै ठूलो अर्थतन्त्र बन्ने दौडमा रहेको चीनले आर्थिक फड्को मारेसँगै यसका परम्परागत सामाजिक सम्बन्ध भत्कने क्रममा छन्। धेरैभन्दा धेरै चिनियाँ परम्परागत कृषि पेसाबाट सेवामूलक क्षेत्रमा आकर्षित छन्। कृषि पेसामा छँदा पुर्ख्यौली सम्पत्तिमा निर्भर रहनुपर्ने बाध्यता थियो। यसले वैवाहिक सम्बन्धप्रतिको आस्था पनि बढी नै थियो। आधुनिक श्रम बजारमा प्रवेशसँगै श्रीमान, श्रीमती र परिवारका अन्य सदस्य आ–आफ्नै काममा व्यस्त हुन थालेका छन्। सम्बन्धको बन्धनबाट स्वतन्त्र हुने मानसिकता बढ्दो छ।

तर, सबैका हकमा यो लागू हुँदैन।

कोही आफ्नो वैवाहिक सम्बन्ध जोगाउन चाहन्छन्। तिनकै लागि सेवा दिन ‘मिस्ट्रेस डिस्पेलर’ कम्पनी खुल्ने क्रम बढेको न्यू योर्क टाइम्स लेख्छ।

न्यू योर्क टाइम्सका अनुसार चीनमा यस्ता कम्पनीको संख्या कति छ भन्ने यकिन तथ्यांक छैन। धेरैजसो कम्पनी सांघाई, ग्वाङजाओ लगायत ठूला सहरमा खुलेको पाइएको छ।

वाङले पनि ‘सर्च इन्जिन’ मा खोजबिन गर्दा यस्ता थुप्रै कम्पनी फेला पारिन्। त्यसमध्ये उनले छानिन्, सांघाईस्थित ‘विक्विङ इन्टरनेसनल म्यारिज हस्पिटल इमोसन क्लिनिक ग्रुप’।

‘मैले यो कम्पनीले सल्टाएका केही पुराना घटना पढेँ, सुरुमा त विश्वास गर्ने कि नगर्ने भन्ने दुबिधा भयो,’ वाङले न्यू योर्क टाइम्ससँग भनेकी छन्, ‘मसँग अर्को विकल्प थिएन। त्यसैले सोचेँ, आफ्नो वैवाहिक सम्बन्ध जोगाउन एकचोटि प्रयास किन नगर्ने?’

अन्ततः उनको प्रयास सफल भयो। वाङका श्रीमानसँग सम्बन्ध गाँसिएकी केटी अहिले बढी तलब पाइने अर्कै जागिर खान थालेकी छन्। त्यो पनि सांघाईभन्दा बाहिर अर्कै सहरमा।

‘अहिले उसको जिन्दगी कस्तो चल्दैछ मलाई थाहा छैन, मलाई त्यो मतलब पनि छैन,’ वाङले भनिन्, ‘मेरो श्रीमान घर फर्केका छन्, मसँगै फर्केका छन्, मलाई यसैमा सन्तुष्टि छ।’

वाङको वैवाहिक सम्बन्ध तोडिनबाट जोगाउन मद्दत गरेको विक्विङ इन्टरनेसनलले सन् २००१ बाट यस्तो सेवा दिन थालेको जनाएको छ। हालसम्म यसका सेवा चीनका ५९ सहरमा विस्तार भइसकेका छन्।

विक्विङका निर्देशक शु जिनका अनुसार सबभन्दा पहिला कम्पनीले लक्षित वा आरोपित महिलाबारे सम्पूर्ण सूचना संकलन गर्छ। त्यसपछि एउटा अनुसन्धान समूह गठन गरिन्छ, जसमा एक जना मनोविश्लेषक र अधिवक्तासमेत हुन्छन्। त्यो समूहले लक्षित महिलाको परिवार, उनका साथी, शिक्षा र जागिरबारे अध्ययन गर्न थाल्छ।

‘यी सबै सूचनाका माध्यमबाट ती महिलाको उद्देश्य के हो पत्ता लगाइन्छ,’ शुले भनिन्, ‘उसले यस्तो सम्बन्धमा राख्नुको उद्देश्य के हो? पैसा हो कि प्रेम हो कि वा नितान्त यौन सम्बन्ध मात्र हो भनी निर्क्यौल गरिन्छ। यही आधारमा हामी कसरी अघि बढ्ने भनी योजना तयार पार्छौं।’

उद्देश्य खुट्टयाएपछि कम्पनीले ती महिलाको जीवनमा नाटकीय ढंगले प्रवेश गर्न एक जना व्यक्तिलाई खटाउँछ। त्यस्ता व्यक्तिलाई ‘परामर्शदाता’ भन्ने चलन छ। परामर्शदाताले लक्षित महिलासँग जतिसक्दो निकट सम्बन्ध राख्न अनेक उपाय अपनाउँछ। कहिले उनको घरसँगै डेरा लिन्छ, कहिले उनी दिनहुँ आउजाउ गर्ने ठाउँमा आफू पनि धाउन थाल्छ त कहिले उनी हरेक दिन शारीरिक व्यायाम गर्न जाने क्लबमै भर्ती हुन्छ।

उनीसँग मित्रता गाँसेर विश्वास जितेपछि बल्ल परामर्शदाताको खास काम सुरु हुन्छ।

लक्षित महिलालाई पहिलेको पुरुषबाट छुट्कारा दिलाउन कुनै अर्कै सहरमा बढी तलब आउने जागिर मिलाइन्छ। कहिलेकाहीँ अर्कै केटासँग सम्बन्ध बढाइदिने नाटक पनि गरिन्छ।

यस्ता कम्पनीमा काम गर्ने परामर्शदाताहरू प्रायः जवान र आकर्षक व्यक्तित्वका हुन्छन्, ताकि उनीहरूलाई अरूको ध्यान खिच्न सहज होस्। सबभन्दा ठूलो चुनौती भनेको त्यस्ता परामर्शदाता र लक्षित महिलाबीच कुनै किसिमको सम्बन्ध गाँसिन नदिनु हो। यसका लागि परामर्शदातालाई आफ्नो ‘मिसन’ का क्रममा लक्षित महिलासँग भावनात्मक रूपले निकट हुनबाट परहेज राख्न सिकाइन्छ। ती महिलालाई कुनै किसिमको डरधम्की दिन पनि रोक लगाइन्छ।

जे गरिन्छ, त्यो उनको मन जितेर उनकै स्वैच्छामा हुन्छ।

यसबीच परामर्शदाताहरू आफ्नो ‘मिसन’ मा जुटेका बेला कम्पनीसँग सेवा लिइरहेका श्रीमतीलाई बढीभन्दा बढी समय आफ्ना श्रीमानसँग बिताउन प्रेरित गरिन्छ। उनलाई श्रीमानका अगाडि पहिलेभन्दा आकर्षक ढंगले प्रस्तुत हुन सिकाइन्छ।

वैवाहिक सम्बन्ध जोगाउने भनिएका यस्ता कम्पनी फस्टाउनमा चीनको महिला–पुरुष स्थितिले पनि ठूलो भूमिका खेलेको छ।

चीनमा श्रीमान–श्रीमती सम्बन्ध विच्छेदलाई राम्रो दृष्टिले हेरिन्न। त्यसमाथि सम्बन्ध विच्छेदपछि महिलामाथि ठूलो आर्थिक भार पर्छ। धेरैजसो सम्पत्ति र आर्थिक कारोबार पुरुषकै नाममा हुँदा सम्बन्ध विच्छेदपछि अक्सर महिलाहरू सडकमै आइपुग्छन्। यसले पनि महिलाहरू वैवाहिक सम्बन्ध जोगाउने दबाबमा रहन्छन्।

यस्ता कम्पनीको सेवा शुल्क सस्तो छैन। यसको सुरुआत नै कम्तीमा ४५ हजार अमेरिकी डलरबाट हुन्छ। ‘मिसन’ का क्रममा परामर्शदाताले महँगो अपार्टमेन्ट भाडामा लिनुपरे, महँगो कार किन्नुपरे वा महँगो होटल तथा क्लबमा खर्च गर्नुपरे त्यसैअनुसार सेवाशुल्क बढ्दै जान्छ। सेवाग्राहीले अनुमानित खर्चको आधा पहिले नै तिर्नुपर्छ। बाँकी रकम मुद्दा सल्टिएपछि बुझाइन्छ।

जति कोसिस गर्दा पनि सम्बन्ध टुट्दै टुटेन भने के गर्ने त?
‘यस्तो अवस्थामा लागेको सम्पूर्ण खर्च सेवाग्राहीलाई फिर्ता गरिन्छ,’ चीनको दक्षिणी सहर सेन्झेनमा ‘रियुनियन कम्पनी’ नामक मिस्ट्रेस डिस्पेल सेवा चलाइरहेका काङ नाले न्यू योर्क टाइम्सलाई भनेका छन्, ‘तर, ९० प्रतिशत अवस्थामा हामी सफल भएका छौं।’

सामान्यतया एउटा मुद्दा सल्टाउन करिब तीन महिना लाग्छ। एउटा कम्पनीले पछिल्ला दुई वर्षमा २ सय ६० वटा विवाहबाहिरका सम्बन्ध टुटाउन मद्दत गरेको पाइएको छ।

यति उच्च सफलता दरका बाबजुद पछिल्लो समय यस्तो सेवा चुनौतीपूर्ण बनेको छ।

सन् २०१२ मा सी जिनपिङ राष्ट्रपति भएपछि उनले भ्रष्टाचारविरुद्ध अभियान छेडेका छन्। सरकारी कर्मचारीहरूको खर्चमाथि निगरानी बढेको छ। यसले विवाहबाहिर सम्बन्ध गाँस्दै हिँड्ने क्रम नै घटेको छ। चीनको रेन्मिन विश्वविद्यालयले सन् २०१३ मा गरेको एक अध्ययनमा ९५ प्रतिशत भ्रष्ट कर्मचारीको परस्त्री सम्बन्ध फेला परेको थियो।

‘सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानले तीव्रता लिएसँगै धेरै कर्मचारी विवाहबाहिर सम्बन्ध राख्न डराएका छन्, यस्ता सम्बन्ध गाँस्नमा लहसिएका धेरै कर्मचारी स्वस्फुर्त रूपले अलग्गिन थालेका छन्,’ बेइजिङस्थित ‘मिस्ट्रेस डिस्पेलर’ तथा ‘म्याचमेकिङ’ कम्पनी बेइहे इमोसन क्लिनिकमा काम गर्ने परामर्शदता ली किङयूले भने।

पैसा तिरेर वैवाहिक सम्बन्ध टिकाउने प्रयास आफैंमा दीगो नभएको पनि एकथरिको धारणा छ।

‘यस्तो सेवाले परिवारलाई भावनात्मक रूपले जोड्दैन,’ सेन्झेनस्थित एक मिस्ट्रेस डिस्पेलर कम्पनीका निर्देशक ल्यू विमिनले न्यू योर्क टाइम्सलाई भनेका छन्, ‘वैवाहिक सम्बन्ध टिकाउने भनेको श्रीमान र श्रीमतीको आपसी विश्वास र भावनात्मक सम्बन्धले नै हो।’

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger