|
|
श्रावण १८, २०७३-
झापाको बुधबारेमा बालिकाको घाँटी रेटी हत्या गरेर फरार रहेका राजकुमार राजवंशी भारतको उत्तर प्रदेशमा पक्राउ परेका छन् ।
दुई साता अघि मावलघर बुधबारे-५ स्थित डिल्लीराम प्रसाईंको घरमा बलात्कारपछि शान्तिनगर-१ की ११ वर्षीया तनुजा कोइरालाको हत्या भएको थियो ।
उनलाई बलात्कारपछि हत्या गरेर फरार रहेका घरमै श्रमिक काम गर्ने राजवंशीलाई प्रहरीको विशेष टोलीले उत्तर प्रदेशको नन्दीपुरबाट पक्राउ गरेको हो । ‘अभियुक्त पक्राउ गरी ल्याइँदैछ,' इलाका प्रहरी कार्यालय स्रोतले भन्यो, ‘भोलि सार्वजनिक गर्दैछौं ।’
|
|
Post a Comment