Headlines News :
Home » » नेपालीलार्इ भारतको सडक बनाउ भनेपछि‍‍…

नेपालीलार्इ भारतको सडक बनाउ भनेपछि‍‍…

Written By news on Thursday, 11 August 2016 | 04:05


बिहिबार, साउन २७, २०७३
धनगढीसँग सीमाना जोडिएको भारतको गौरीफन्टाको जीर्ण सडक ।
धनगढी भारतीय भन्सारका कर्मचारीले गौरीफन्टा भन्सार आसपासका सडकमा परेका खाल्डाखुल्डी मर्मत गरिदिन नेपाली व्यापारीलाई आग्रह गरेका छन् । भारतीय भन्सारको गौरीफन्टाका सहायक इञ्चार्ज सुवोध चौबेले बुधबार कैलाली उद्योग वाणिज्य संघलाई धनगढीसँग सीमा जोडिएको भारतको गौरीफन्टा नाकाको सडक बनाइदिन आग्रह गरेका हुन् ।

कैलाली उद्योग वाणिज्य संघलाई आग्रह गरेपछि वरिष्ठ उपाध्यक्ष हिक्मत कुँवर र पूर्वअध्यक्ष दिनेशराज भण्डारीसहितको टोली बुधबार कष्टमका सहायक ईञ्चार्ज चौबेलाई भेट्न गौरीफन्टा गएका थिए ।

सीमा क्षेत्रमा भइरहेको अवैध असुली रोक्न दुबै देशका अधिकारीले सिसि क्यामेरा जडान गरेपनि रकम लिने बेला नेपाली मजदुरलाई सिसि क्यामेराको कभरेज भन्दा पर लगेर रकम लिइने गरिएको छ । गौरीफन्टाको कष्टम आसपासको सडकमा परेका खाल्डाखुल्डीमा ग्राभेल गरिदिन भारतीय पक्षले अनुरोध गरेको हो ।

‘नेपाली ब्यापारीका गाडी बढी आउने भएकाले, सडक मर्मतका लागि आग्रह गरेपछि हामीहरू गौरीफन्टा गएका हौं’, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मत कुँबरले जानकारी दिए ।

कष्टमका कर्मचारीले नेपाली ब्यापारीका लागि सामान बोकेका गाडी, सडकमा पल्टिने गरेको, खाल्डाखुल्डीमा फस्ने गरेको र घण्टौंसम्म जाममा पर्ने गरेको भन्दै सडक मर्मत गरिदिन आग्रह गरेको बताइएको छ ।

आफ्नो राष्ट्रिय राजमार्गलाई ६ लेनको बनाइरहेको भारतले, नेपाली व्यापारीलाई यसरी आफ्नो क्षेत्रमा पर्ने सीमा सडक बनाउन भनेको यो पहिलो पटक भने होइन ।

यसअघि पनि धनगढीका केही व्यापारीले तीन लाख रकम गौरीफन्टाको सडक मर्मतका लागि दिएको खुलेको छ । भारतबाट चामल, तेल ल्याएर धनगढीमा आफ्नो लेबल टाँसेर बिक्री गरिरहेका मिल सञ्चालकले यसरी भारतीय सडक मर्मतका लागि रकम दिएका खुलेको छ ।

भारतले झण्डै २० किलोमिटर अघि आफ्नो बस्तीमा भने ६ लेनको राजमार्ग बनाइरहेको छ । सीमा क्षेत्रसम्मको सडक निर्माण कार्य पनि भारतीय लोक निर्माण विभागको योजनामा परिसकेको छ ।

भारतबाट मजदुरी गरेर नेपाल फर्किने नेपालीबाट अवैध रुपमा मनपरी असुली गरिरहने भारतीय कष्टमकर्मीले बेलाबेला नेपाली व्यापारीलाई सडक मर्मतका नाममा रकम माग्ने र आफैं निर्माण गर्छु भनेर रकम कुम्ल्याउने गरेको सीमा क्षेत्रका बासिन्दा बताउँछन् ।

हुन त, सिंगल लेनको भारतको पलिया–गौरीफन्टा सडक दुधवा नेशनल पार्कमा पर्ने भएकाले अहिलेसम्म मर्मत भने गरिएको छैन । केही भारतीय परिवहन निगम रोडबेजका गाडी बाहेक बाँकी सबै नेपाली व्यापारीको सामान बोकेका गाडी आउने भएकाले कष्टमका कर्मचारीले सडक मर्मतका लागि नेपाली व्यापारीलाई नै भन्ने गरेका छन् ।

गौरीफन्टाको कष्टम आसपासको सडकमा ठूला ठूला खल्डाखुल्डी परेकाले, बुधबार बिहान त्यहाँ पुगेका एलपी ग्यास बोकेका चारवटा बुलेट पनि गौरीफन्टामा रोकिएका उपाध्यक्ष कुँवरले बताए ।

बुधबार अपराह्नसम्म जीर्ण सडकमा एउटा ट्रक फसेपछि २०/२२ वटा मालबाहक ट्रक पनि रोकिएका थिए । यसबारेमा कैलाली उद्योग वाणिज्य संघले नेपाली बढी प्रभावित भएको भन्दै, बिहीबार बिहान धनगढीका ब्यापारीलाई बोलाएर त्यसबारे छलफल गर्ने जनाएको छ ।

उपाध्यक्ष कुवँरले, गौरीफन्टाको सीमा सडकमा प्रशासनले ईंटाका टुक्रा मात्रै लैजान दिएमा सडक मर्मत गर्न सकिने बताए ।

नेपालबाट भारततर्फ ग्राभेल, ढुंगा बालुवा, गिट्टी र ईंटाका टुक्रा लैजान पाईदैन । कैलाली उद्योग वाणिज्य संघले बिहीबार नै कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई सडक मर्मत सामाग्री लैजान दिन अनुरोध गर्ने पनि जनाएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger