Headlines News :
Home » » मध्यरातमा केक काटेर ३५ औ जन्मदिन मनाउँदै आर्यन

मध्यरातमा केक काटेर ३५ औ जन्मदिन मनाउँदै आर्यन

Written By news on Friday, 5 August 2016 | 04:06


बिहानैदेखि मोबाइल र फेसबुकमा जन्मदिनको शुभकामना दिनेलाई नायक आर्यन सिग्देल धन्यवाद फर्काउँदैमा व्यस्त छन् । नेपाली चलचित्र क्षेत्रका सुपरस्टार नायक आर्यन सिग्देलको जन्म काठमाण्डौको थानकोटमा भएको हो । उनी आजबाट ३५ बर्षमा प्रवेश गरेका छन् । हुनत, आर्यन आफ्नो उमेर भन्न चाहँदैनन् । मध्यरातमा श्रीमती सपनाले उनलाई केक काटेर जन्मदिनको शुभकामना दिएकी थिइन् । तर, सधै फेसबुकमा फोटो अपलोड गर्ने गरेका आर्यनले यसपटक भने तस्बिर नराखेको बताए । आर्यन अहिले चुजी बनेका छन् । आर्यनको हातमा यतिबेला ‘मरिना’ नामक चलचित्र मात्र छ । आर्यन भन्छन् २ बर्ष अगाडि घोषणा भएको चलचित्र अब भने बन्छ कि भन्ने लागेको छ ।’ आर्यनका अनुसार उनलाई हरेक दिनजसो चलचित्रको अफर आउँछ ।

 उनी भन्छन् हरेक चलचित्र मेरो नै बाटो भएर अगाडि गएका हुन्छन् । तर, आफ्नो ब्यानर भन्दा बाहिरका चलचित्र नगर्ने समाचार आएपछि अफरमा केही कमी आएको छ ।’ आर्यन अहिले आफ्नै ब्यानरमा निर्देशक दिनेश राउतको चलचित्रमा काम गर्ने तयारीमा छन् । जुन चलचित्रको छायांकन नोभेम्बरबाट सुरु हुने बताइएको छ । चलचित्र ‘किस्मत’बाट नेपाली रजतपटमा डेब्यू गरेका नायक आर्यन सिग्देलले करिब २ ,३ बर्ष अफर आएका सबै चलचित्रमा काम गरे । जसले गर्दा उनको स्टारडम केही गिरेको टिप्पणी चलचित्र बजारमा हुने गर्छ । तर, पनि आर्यनलाई चलचित्र अफर गर्नेहरुको कमी छैन । आर्यनले आफ्नै ब्यानरबाट चलचित्र ‘नोभेम्बर रेन र क्लासिक’ निर्माण गरेका थिए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger