Headlines News :
Home » » फेसबुकमा आत्महत्या गर्न लागेको स्ट्याटस पोस्ट गरेकी युवतीको ज्यान फेसबुकले बचायो

फेसबुकमा आत्महत्या गर्न लागेको स्ट्याटस पोस्ट गरेकी युवतीको ज्यान फेसबुकले बचायो

Written By news on Monday, 8 August 2016 | 22:14


धरान–धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक युवती आत्महत्या गर्ने भन्दै बनारस पुगेको अवस्थामा नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ । सामाजिक सञ्जालबाट आत्महत्या गर्ने सूचना पाइएकै आधारमा महानगरीय अपराध महाशाखाले ती युवतीलाई उद्धार गरेको हो । एमबीबीएस अध्ययन गरिरहेकी ती युवतीले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आत्महत्या गर्न लागेको स्ट्याटस पोस्ट गरेकी थिइन् ।

प्रहरीका अनुसार स्ट्याटस पोस्ट गरेलगत्तै उनी जोगवनीबाट सिधै बनारसतर्फ लागिन् । सो स्ट्याटस पोस्ट गरेपछि आफूसँग भएको मोबाइलसमेत सम्पर्क विच्छेद गरेर उनी बनारसतर्फ गएकी थिइन् । उनको स्ट्याटस पढेपछि परिवार निकै चिन्तित बन्यो । उनको परिवारका सदस्य तत्कालै महानगरीय अपराध महाशाखामा सो सूचना लिएर पुग्यो । ती युवतीकी आमा र बहिनीले सो घटनाबारे सवै कुरा महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० सवेन्द्र खनाललाई बताएपछि खनालले तत्कालै मोरङ प्रहरीमा सम्पर्क गरी उद्धारमा खटाए । कपिलवस्तु स्थायी ठेगाना भई काठमाडौंमा बस्दै आएकी उनकी आमा र बहिनी सो घटनापछि निकै तनाबमा थिए । उनको आमाको मोबाइलमा भारतीय नम्बरबाट मिसकल आएको थियो । स्ट्याटस पोस्ट गरेलगत्तै मोबाइल स्विच अफ गरेपछि आमा तनाबमा परेकी हुन् । आमाको मोबाइलमा आएको भारतीय नम्बरमा कल गरी विराटनगर प्रहरीलाई त्यसको लोकेसन दिई भारतीय प्रहरीलाई समेत सहयोग मागेका थिए । स्रोतका अनुसार भारतीय नम्बर जोगबनीनजिकै रहेको रेल्वे स्टेसनमा कार्यरत आरटीओको रहेको पत्ता लागेको थियो । खनालले सोधपुछ गरेपछि युवतीले आफूसँग मोबाइल नभएको र घरमा फोन गर्न मोबाइल मागेको बताएको स्टेसनका कर्मचारीले जानकारी दिएका थिए । आजको राजधानी दैनिकमा खबर छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger