Headlines News :
Home » » पुरुषका लागि बनाइएका ५ कुरा जुन अहिले महिलाले मात्र लगाउँछन्

पुरुषका लागि बनाइएका ५ कुरा जुन अहिले महिलाले मात्र लगाउँछन्

Written By news on Tuesday, 9 August 2016 | 03:28

तपाइँलाई थाहा छ लङ ड्रेस र गहना शुरुमा पुरुषका लागि डिजाइन गरिएको थियो । अचम्म लाग्ला तर सत्य यही हो ।


यहाँ यस्ता केही कुराको चर्चा गरिएको छ जुन शुरुमा पुरुषका लागि डिजाइन गरिएपनि पछि महिलाहरुले लगाए ।

१- सेनिटरी न्यापकिन
फ्रान्समा एक युद्धको समयमा नर्सहरुले सेनिटरी न्यपकिन बनाएका थिए । सैनिकहरुको घाउबाट रगत बगेपछि त्यसलाई रोक्न सेनिटरी न्यापकिन बनाइएको थियो । तर पछि महिलाहरुले महिनाबारीको समयमा यसको प्रयोग गर्न थाले ।

२- हाइ हिल
अग्लो हिल भएका चप्पल पुरुषहरु लगाउँदैनन् । तर यो चप्पलको डिजाइन शुरुमा युद्धका क्रममा फारसी घोडचडी पुरुषहरुका लागि गरिएको थियो । अहिले भने पुरुषले हिल लगाउने कुरा गर्दा पनि हाँस्यास्पद हुन्छ ।

३- गुलावी रंग
गुलावी रंग केटीहरुको रंग मानिन्छ । तर १८ औं शताब्दी सम्म गुलावी रंग तथा रातो रंगलाई एउटै मानिन्थ्यो । यसलाई युद्धसँग जोडेर हेर्ने गरिन्थ्यो ।

४- इयर रिङ
कानमा लगाउने इयर रिङ शुरुमा महिलाले नभएर पुरुषले लगाउने गर्थे । पर्सेपोलिस, फारसी पुरुषले यसको प्रयोग गर्थे । पछि महिलाहरुले इयर रिङ लगाउन शुरु गरे ।

५- थोङ/पेन्टी
अगाडी अलिकति झोलिएको थङ पनि भनिने पेन्टी शुरुमा पुरुषका लागि डिजाइन गरिएको थियो । पुरुषको यौनाङ्गलाई सपोर्ट गर्नका लागि यो डिजाइन गरिएको थियो । तर अहिले भने पेन्टी केटीका लागि मात्र बनेको ठानिन्छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger