Headlines News :
Home » » विदेशबाट आएको श्रीमानको शव घर पुर्‍याउनसाथ श्रीमतीले गरिन् आत्महत्या

विदेशबाट आएको श्रीमानको शव घर पुर्‍याउनसाथ श्रीमतीले गरिन् आत्महत्या

Written By news on Saturday, 6 August 2016 | 23:15


भरत खड्का/उज्यालो । उदयपुर, भदौ २३ -

कतारमा काम गर्न गएका गएका श्रीमानको शव आउनासाथ घरमा श्रीमतीले आत्महत्या गरेपछि उदयपुरको त्रियुगा नगरपालिका १७ गैरुन यतिबेला शोकमा डुबेको छ ।
३४ बर्षका हरि सदाको साउन २५ गते घरको आठ तला माथिबाट लडेर ज्यान गएपछि शोकमा डुवेको उहाँको परिवारमा सोमबार पुनः अर्को वज्रपात पर्‍यो ।

सोमबार सदाको शव बाकसमा प्याक गरेर घर आइपुगेको मात्र के थियो । त्यो दृश्य सदाको श्रीमती २४ वर्षकी संगीता बाँतरले हेर्न पनि सक्नु भएन ।

 श्रीमानको मृत्युको खबर सुनेदेखि नै शोकमा डुबेकी संगीता श्रीमानको शव घरमा देख्नासाथ मुर्छा पर्नुभयो । सबै जना हरिको अन्त्येष्टिको तयारीमा लागेका बेला उहाँले बिष पिएको कसैले पत्तै पाएनन् ।
जतिबेला संगीतलाई गाउँलेले देखे त्यतिखेर उहाँ विष पिएर छटपटिई रहनु भएको थियो । तत्काल उदयपुर अस्पताल लगिएपनि त्यहाँ उपचार हुन सकेन र सिरहा लैजाने क्रममा बाटोमा नै उहाँको ज्यान गयो ।
संगीताले आत्महत्या गरेपछि ८ महिनाका छोरा र ८ वर्षकी छोरीले बाबु आमा दुवै गुमाएका छन् । अहिले ८ महिनाका भएका छोरा गर्भमा आएको ७ महिनामा हरि विदेशिनु भएको थियो । हरिले चार महिनापछि नेपाल फर्कने तयारी गरिरहेको बेला उहाँका मृत्यु भएको थियो ।
ईश्वरवतिलाई भाई हरिले एक महिना अगाडी मात्र मोवाईलमा सम्पर्क गरेर आफु चाँडै आउने र चटक्क परेको सानो घर बनाएर नेपालमै काम गरेर परिवारसँगै बस्ने कुरा सुनाउनु भएको थियो । ‘तिमीले छोराछोरी छैनन भनेर कहिल्यै चिन्ता नगर दिदी म तिम्रो भाई मात्र हैन, छोरा पनि हुँ,’ भाईले फोनमा भनेको कुरा सम्झँदौ इश्वरवतिले भन्नुभयो ‘म बाँचुन्जेलसम्म तिमीलाई छोराछोरी नभएको आभाष गराउने छैन, म चाँडै घर फर्कन्छु भनेको थियो, आज यो दिन देख्नुपर्‍यो ।’

 एउटै चितामा अन्त्येष्टि

दुबैको शव सोमबार एउटै चितामा राखिएर अत्येष्टि गरिएको छ । एउटै चितामा ८ वर्षकी छोरी उषाले दागत्ती दिएकी थिइन् । संस्कार अनुसार छोराले नै दागबत्ती दिनुपर्ने भएपनि सानो उमेरका कारण उषाले दिएकी हुन् । मोरङको बेलबारी माईती घर भएकी संगीता र हरि दुई वर्षको प्रेम सम्बन्धपछि १० बर्षअघि विवाह बन्धनमा बाँधिएका थिए ।
दुई बच्चाको विचल्ली

बुबा र आमाको निधनपछि दुई कक्षामा अध्ययनरत ८ वर्षकी छोरी उषा र ८ महिनाको छोरा उत्तमको विचल्नी भएको छ । उनीहरु दुबैलाई फुपु ईश्वरवति सदाले आफ्नो घर उदयपुरको त्रियुगा नगरपालिका–१४ भाण्टावारी लैजानु भएको छ ।
विचल्लीमा परेका दुई बालबालिकाका आफन्तमा एक जना ठूलोबुवा र काका रामकुमार सदाको परिवार छन । मृतक हरिका भाई रामकुमार कतारमा नै श्रम गर्ने भएकोले शव एक महिना भित्रै (चाँडैं) ल्याउन सकिएको छिमेकी मिश्रीलाल सदाले बताउनुभयो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger