Headlines News :
Home » » ‘कृ’ मा अनमोलसँग यि यूवतीले गर्नेछिन् रोमान्स ! (फोटोफिचर सहित)

‘कृ’ मा अनमोलसँग यि यूवतीले गर्नेछिन् रोमान्स ! (फोटोफिचर सहित)

Written By news on Monday, 1 August 2016 | 00:31


अनमोल केसीसँग चलचित्रमा काम गर्न चाहने यूवतीहरु कति होलान ? तर अनमोलसँग काम गर्न भने जस्तो सजिलो कहाँ छ र ! ‘होस्टेल’ चलचित्रपछि लगालग सुपरहिट चलचित्र दिएका अनमोलको क्रेज अहिले नेपालमा कस्तो छ त्यो हामी सबैले देख्दै आइरहेका छौ ।




यूवती फ्यानका धनी अनमोल केसीले २० लाख पारिश्रमिक लिँदै हालै चलचित्र ‘कृ’ का लागि साइन गरेका छन् । अनमोलले चलचित्र ‘कृ’ का लागि साइन गरेको दिनबाट नै निर्माण कम्पनी सुवास इन्टरटेन्मेन्टले नायिकाको खोजी सुरु गरेको थियो ।

एक महिना लामो नायिकाको खोजीपछि निर्माण कम्पनीले अनमोलको लागि हिरोइन पक्का गरेको छ । ३० जनाले हिरोइनका लागि आवेदन दिएका मध्ये १० जनालाई छानेर अडिसन लिइएको थियो । १० जना मध्येबाट मोडल अदिती वुढाथोकीलाई फाइनल गरिएको निर्माता सुवास गिरीले जानकारी दिएका छन् ।



बलीउड अभिनेत्री जस्ती लाग्ने अदिती अनमोलसँग चलचित्र ‘कृ’ मा रोमान्स गर्ने भाग्यमानी यूवती बनेकी छिन् । सामाजिक सञ्जालबाट लाखौं प्रशंसक बटुलिसकेकी अदितीले भारतको चर्चित म्यूजिक कम्पनी सोनी म्यूजिकबाट बन्न लागेका ३ वटा म्यूजिक भिडियोमा काम गर्नका लागि संझौता गरिसकेकी छिन् ।



अदितीले भारतका चर्चित टेलिभिजनका कार्यक्रमका लागि पनि आफू छनोट भएको बताएकी छिन् । सुवास गिरी र अनमोलका पिता भुवन केसी निर्माता रहने यो चलचित्रलाई चर्चित सम्पादक सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । चलचित्रको छायांकन माघबाट सुरु हुने निर्माता सुवास गिरीले जानकारी दिएका छन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger