Headlines News :
Home » » प्रचण्डलाई भयानक नैतिक संकट, पार्टीबाट प्रधानमन्त्री नबन्न दबाब ..

प्रचण्डलाई भयानक नैतिक संकट, पार्टीबाट प्रधानमन्त्री नबन्न दबाब ..

Written By news on Monday, 25 July 2016 | 03:24



काठमाडौं, १० साउन ।
 प्रधानमन्त्री केपी ओलीले सरकारबाट राजिनामा दिएपछि प्रचण्डलाई भयानक नैतिक संकट परेको छ । उनलाई आफ्नै पार्टीबाट प्रधानमन्त्री नबन्न दबाब बढिरहेको स्रोतले दावी गरेको छ । प्रचण्डलाई प्रधानमन्त्रीको पद ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छो बाउको अनुहार’ भएको छ ।
काठमाडौंमा केपी ओली नेतृत्वको सरकार ढल्दा दिल्लीमा खुशियाली देखिएको छ । भारतीय संस्थापन पक्षको धारणा बोक्ने पत्रिकाको रूपमा चिनिने त्यहाँको प्रख्यात दैनिक द टाइम्स अफ इन्डियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पदच्युत हुनु भारतका लागि सकारात्मक विषय भएको लामो विश्लेषण सोमवारको अंकमा प्रकाशित गरेको छ ।

द टाइम्स अफ इन्डिया संसारमै सबैभन्दा बिक्री हुने अंग्रेजी दैनिक मानिन्छ । उक्त पत्रिकामा प्रकाशित हुने सम्पादकीय र विश्लेषणले भारतको संस्थापनको आधिकारिक धारणा प्रतिनिधित्व गर्ने मान्यता राखिन्छ । टाइम्स अफ इन्डिया लेख्छ – अविश्वासको प्रस्तावको सामना नगरी ओलीले राजीनामा दिएर प्रचण्ड नेतृत्वको माओवादी—काँग्रेस गठबन्धन सरकारका लागि मार्गप्रशस्त गरेका छन् । ‘यो प्रक्रिया ओलीको राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय नीतिमाथिको ठूलो झापड त हुँदै हो, यसले नेपालमा भइरहेको चिनियाँ हस्तक्षेपलाई पनि ठूलो धक्का दिएको छ,’ पत्रिकाले लेखेको छ । उक्त पत्रिकाका अनुसार, ओली सरकार विघटनसँगै राष्ट्रपति विद्या भण्डारीले अर्को सरकार गठनका विषयमा संविधानको धारा ३०५ लाई कसरी व्याख्या गर्लिन् भन्ने विषयमा काठमाडौंमा बहस चलिरहेको छ । तर नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अर्को सरकार गठनमा संसदले मात्र निर्णय गर्न सक्छ भन्ने धारणा सार्वजनिक गरेका छन् ।


उक्त पत्रिकाले ओलीले राष्ट्रपतिलाई दबाब दिएर आफू कामचलाउ सरकारको हैसियतमा पदमा बसिरहन प्रयास गर्न सक्ने आरोप लगाएको छ । तर उनले त्यसो गरे उनको पार्टी एमालेलाई मात्र नभई नेपाललाई घाटा पुग्छ भनेर नेपालको घटनाक्रमलाई नजिकबाट नियालिरहेकाहरूले विश्लेषण गर्ने गरेको पत्रिकाको भनाइ छ । ‘ओलीले सहयोगी दलहरूको समर्थन गुमाउनुमा मधेसीप्रति गरेको विभेद, भूकम्पछिको पुनर्निर्माणका काममा असफलता र उग्र राष्ट्रवादको नारा दिँदै भारतलाई चिढाउँदै चीनसँग नजिकिनु प्रमुख कारण हुन्,’ पत्रिकाले लेखेको छ ।

पत्रिका अगाडि छाप्छ – भारतले नेपालमाथि नाकाबन्दी लगाएर आलोचना खेप्नुपरेको भएपनि यही नाकाबन्दीका कारण नेपालले समावेशी संविधान बनाउनतर्फ पाइला चालेकाले यो नाकाबन्दी सही थियो । अब प्रचण्ड प्रधानमन्त्री भएपछि संविधानका विभेदकारी धारालाई परिवर्तन गरेर मधेसीलाई विश्वासमा लिन्छन् भन्ने आँकलन गर्दै भारतले उनी नेतृत्वको सरकारलाई पूर्ण समर्थन गर्नेछ, पत्रिकाले भनेको छ ।

पत्रिकाका अनुसार, चीनले नेपालमा कम्युनिस्ट पार्टीहरूको गठबन्धन बनाएर भारतविरुद्ध परिचालन गर्नका लागि प्रशस्त मेहनत गरेको भएपनि भारतले बेलैमा कदम चालेर यो दुष्प्रयासलाई निस्तेज ग¥यो । ‘चीनको आडमा भारतविरुद्धको भावना भड्काउन सफल संस्थापन पक्ष भारतको टाउकोदुखाइ हुँदै आएको थियो तर अब भारतले त्यसलाई उल्ट्याउने अपेक्षा गरिन्छ’ पत्रिकामा छापिएको छ ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger