Headlines News :
Home » » कमाउन साउदी गएका बाबु कोमामा, आमा पोईल गईन् , छोराछोरीको विचल्ली..

कमाउन साउदी गएका बाबु कोमामा, आमा पोईल गईन् , छोराछोरीको विचल्ली..

Written By news on Sunday, 31 July 2016 | 23:38


श्रावण ३१ - चाँगुनारायण ७,
 मिजार टोलका रामकृष्ण सार्की परिवारको भविष्य उज्ज्वल बनाउने सपना बुन्दै साउदी अरब छिरेका थिए। तर उनको आशा निराशामा बदलियो। उनको स्वास्थ्यले साथ दिएन। एक्कासि मुटु दुख्यो भनेर साथीहरूले अस्पताल लैजाँदा उनको शरीरका अङ्गले काम गर्न छाडिसकेको थियो। उनी हाल कोमामा छन्।

साउदीमा ४ वर्ष कमाएको पैसा ३ महिना उपचार गर्दैमा सकियो। रामकृष्णको कमाइले नपुगेपछि कम्पनीले उनलाई वैशाख १६ मा नेपाल फर्काइदियो। पति कोमामा भएको खबर पाएलगत्तै २ छोरी र एक छोरालाई छाडेर पत्नी पोइल गइन्। अहिले छोराछोरीको बिचल्ली छ। रामकृष्णलाई साउदीबाट सीधै वीर अस्पताल ल्याइएको थियो। तर उनको उपचार भने हुन सकेन। '३ महिनामा ३ लाखभन्दा बढी सकियो,' उनका बुवा चतुरे सार्कीले भने, 'परिवारमा कमाउने कोही छैन, भगवान् भरोसामा घरमा ल्याएर राखेका छौं।' गाउँमा चन्दा उठाएर घर खर्च गर्नुपरेको छ। जग्गा पनि घडेरी मात्र छ, उनले भने। उनका ३ सन्तानलाई कापी कलम किन्नेसम्म पैसा छैन।

'नातिनातिना हेरौं कि छोराको सेवामा बसुँ, घरमा एक चिम्टी अन्न छैन,' उनकी वृद्धा आमा माया सार्कीले भनिन्, 'चन्दाको भरमा बस्नुपरेको छ, चन्दा पनि कति कसलाई मागौं।' वीर अस्पतालका डाक्टरले उपचारको कुनै औचित्य नभएको भन्दै डिस्चार्ज गरेका छन्। 'अस्पतालमा डाक्टरले केही उपाय छैन, उनको उपचार गर्न तपाईंको घरखेतले पनि पुग्दैन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger