|
|
प्रकाशित मिति: शुक्रबार, साउन ०७, २०७३
चेन्नई :उनन्तीस सैनिक र छ विमान कर्मचारीसहितको भारतीय वायुसैनिकको विमान पोर्ट ब्लेयरबाट चेन्नर्यतर्फ आउँदै गर्दा शुक्रवार आकाशमै बेपत्ता भएको छ । नियमित उडानको क्रममा रहेको एन—३२ विमान २१,००० फिटको उचाइमा रहेको बेला स्थानीय समय अनुसार सबा नौ बजे बेपत्ता भएको थियो ।
विमान पत्ता लगाउनका लागि खोजी कार्य जारी रहेको छ । बंगालको खाडीमा दुईवटा सैनिक विमान र चारवटा जलसैनिक पोतहरू परिचालन गरेर खोजी कार्य तीव्र पारिएको छ ।
खराब मौसमका कारण विमानले आफ्नो उडान मार्गबाट अन्तै जानुपरेको हुनसक्छ भनी सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।
एन—३२ दुई इन्जिनयुक्त सैनिक विमान हो
|
|
Post a Comment