Headlines News :
Home » » पटक–पटक बलात्कारको सिकार बनेकी १३ वर्षीया बालिका आमा बन्न बाध्य....हेर्नुहोस...

पटक–पटक बलात्कारको सिकार बनेकी १३ वर्षीया बालिका आमा बन्न बाध्य....हेर्नुहोस...

Written By news on Wednesday, 6 July 2016 | 23:16


काठमाडौं–
काठमाडौंमा बस्दै आएकी जुन (परिवर्तित नाम) १० महिना अघिसम्म कक्षा ८ की नियमित विद्यार्थी थिइन् । बाबुआमाले तरकारी बेचेरै उनलाई पढाउँदै थिए । १० महिनाअघि उनको जीवनमा यस्तो कहालीलाग्दो दुर्घटना भो, जसले उनको भविष्य मात्र अन्योलमा पारेन १३ वर्षको कलिलो उमेरमै आमा बन्न बाध्य पार्यो ।

कीर्तिपुर बल्खु क्षेत्रमा तरकारी बेच्ने एक भारतीय व्यपारीको आपराधिक मानसिकताको सिकार बनेकी उनी बुधबार काठमाडौं जिल्ला अदालतबाट एक महिनाको बच्चा च्यापेर मलीन अनुहारमा बाहिर निस्कँदै थिइन् । भारत घर भएका लड्डु भन्ने इनोसकुमार दासले एकान्तको मौका छोपेर काठमाडौंमा उनलाई पटक–पटक बलात्कारको सिकार बनाए ।

दासको धम्कीका कारण घटनाबारे मौन बस्दाबस्दै उनको गर्भमा बच्चा हुर्किएको २२ साता बितिसकेको थियो । छोरीको अस्वाभाविक बानीबेहोरा र निराशापन अनुभव भएपछि बल्ल बाबुआमाले घटनाबारे जानकारी पाए । त्यसपछि न्याय माग्न उनीहरु प्रहरीमा पुगे । प्रहरी अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंमा जबर्जस्ती करणी अभियोगमा दासविरुद्ध मुद्दा दायर भयो । उनलाई १५ वर्षको कैद सजाय सुनाइएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger