Headlines News :
Home » » लामो समय बाँच्ने १५ उपाय…

लामो समय बाँच्ने १५ उपाय…

Written By news on Saturday, 30 July 2016 | 23:08


विभिन्न अनुसन्धानले आयु लामो बनाउन केही सामान्य उपायहरु अपनाउन सकिने बताउँछन्। यी केही उपायहरुले मानिसको आयु केही वर्ष लम्ब्याउन सक्ने अध्ययनहरुमा उल्लेख छः

१. चिया पिउनुहोस्
चियामा अक्सिडेन्टहरु पर्याप्त मात्रामा हुने भएकाले शरीरलाई मुटुको रोग र क्यान्सरसँग लड्न र चाँडै बुढो हुनबाट जोगाउन सघाउँछ। इजरायलमा भएको अध्ययनले चिया पिउने मानिसहरु चिया नपिउनेभन्दा धेरै बाँचेको देखाएको छ।

२. हरेक दिन विहान एउटा खुट्टाले उभिनुहोस्
सुन्दा अनौठो लाग्न सक्छ तर बिहानमा कपडा लगाउने बेलामा एउटा मात्र खुट्टाले उभिएर शरीर सन्तुलित बनाउनाले ढाड, नितम्ब र पेटलाई बलियो बनाउँछ। त्यहाँका मांशपेशीले मेरुदण्डलाई ठीक सरहन सहयोग गर्छ।

३. सातामा कम्तीमा दुईपल्ट यौनसम्पर्क राख्नुहोस्
एक अध्ययनले महिनामा एकभन्दा कम चोटी यौनसम्पर्क राख्ने मानिसहरु सातामा दुईपल्ट राख्नेभन्दा चाँडै मरेको देखाएको छ। स्वास्थ्यको लाभबाहेक नियमित रुपमा स्वस्थ्य यौनजीवन भएका मानिस सात वर्ष जवान देखिने रोयल इडिनवर्ग अस्पतालले गरेको एक अध्ययनले देखाएको छ। यौनसम्पर्कले तनाव घटाउने, राम्रो सम्वन्ध बनाउने र निद्रा राम्रोसँग लगाउने भएकाले पनि यस्तो हुने अध्ययनले जनाएको छ।

४. दिनको तीनवटा ओखर खानुहोस्
ओखर सबैभन्दा स्वस्थकर हो किनभने यसमा रोगबाट लड्न सघाउने र कम उमेरको देखाउने एन्टी अक्सिडेन्टहरु पर्याप्त मात्रामा हुन्छ। दिनको तीनवटा मात्र ओखर खानाले पूरा फाइदा मिल्छ।

५. सनस्त्रिकन कम प्रयोग गर्नुहोस्
पछिल्लो समयमा घामबाट जोगिन सनस्त्रिकनको प्रयोग गर्ने वा शरीर पूरै छोप्ने चलन बढेको छ। यसले गर्दा शरीरमा भिटामिन ‘डी’को अभाव हुन थालेको छ। यसले गर्दा मुटुको रोग, ओस्टेपोरोसिस र क्यान्सरजस्ता रोगको जोखिम बढ्दो छ। क्यान्सर रिसर्च युकेले मध्य दिनमा सनस्त्रिकनबिना १५ देखि २० मिनेटसम्म घाममा रहन सुझाव दिएको छ।

६. भर पर्नसक्ने ६ जना साथी बनाउनुहोस्
नजिकको मित्रता र परिवारसँगको सुमधुर सम्वन्धले लामो समय बाँच्न सहयोग गर्छ। साथीहरुले भावनात्मक सहयोग दिन्छन् जसले तनावको बेला धेरै सहयोग गर्छ। त्यस्तै, मायाको भावनाले शरीरमा डोपामाइन र अक्सिटोसिनजस्ता रसायनको उत्पादन हुन्छ जसले मस्तिष्कको विकासमा सहयोग गर्छ र बुढ्यौली देखिनबाट जोगाउँछ।

७. ८० प्रतिशत पेट भरिएपछि खान रोक्नुहोस्
तपाईंले खाना खाँदै गर्दा ८० प्रतिशत पेट भरिएपछि खान छोड्नुहोस्। यसले गर्दा तौल नियन्त्रण गर्न पनि सघाउँछ। ठिक्क खाना खानाले शरीरको कार्यसञ्चालन प्रक्रियालाई थप भार पर्दैन, जसले स्वस्थ रहन सहयोग गर्छ।

८. सम्भव हुन्छ भने एक घन्टा चाँडो सुत्नुहोस्
थोरै सुत्नाले डिप्रेसन र मुटुजस्ता स्वास्थ्य समस्याको जोखिम बढाउँछ। त्यसैले, सुत्ने बानीमा परिवर्तन गर्नाले हृदयघात, पक्षघात, रक्तचाप लगायतका स्वास्थ्य समस्याबाट जोगाउँछ। त्यसैले, सम्भव हुन्छ भने एक घन्टा चाँडो सुत्ने प्रयास गर्नुहोस्।

९. फ्रिजमा फलफूल नराख्नुहोस्
फ्रिजमा फलफूल राख्नाले लामो समयसम्म विग्रिँदैन भन्ने लाग्ला तर अध्ययनहरुले कोठाको तापक्रममा राखेको फलफूलको तुलनामा फ्रिजमा राखिएका फलफूलमा स्वास्थ्यलाई राम्रो बनाउन सघाउने तत्व कम हुन्छन्। त्यसैले, फ्रिजमा राखिएकाभन्दा ताजा फलफूल खानु स्वास्थ्यको हिसाबले राम्रो हुन्छ।

१०. सहयोगी हुनुहोस्
अरुलाई सहयोग गर्नाले आफूलाई आनन्द महसुस गर्ने मात्र होइन, स्वास्थ्यमा पनि फाइदा पुर्‍याउँछ। एउटा दीर्घकालीन अमेरिकी अध्ययनले जीवनकालमा स्वयंसेवा गरेका मानिसहरु नगरेका मानिसको तुलनामा लामो समय बाँचेको देखाएको छ। स्वयंसेवकले कम डिप्रेसन, कम पीडा र तुलनात्मक रुपमा राम्रो स्वास्थ्य महसुस गरेको पनि अध्ययनले देखाएको छ।

११. फलफूल र शाकाहारी दुई गुणा खानुहोस्
युरोपियन हार्ट जर्नलले फलफूल र शाकाहारी खानेकुरा खाने मानिसहरुको मुटुरोगबाट मृत्यु हुने सम्भावना निकै कम भएको देखाएको छ।

१२. रातीको समयमा एक घन्टा कम टेलिभिजन हेर्नुहोस्
अमेरिकी राष्ट्रिय क्यान्सर इन्स्टिच्युटका वैज्ञानिकहरुले २५ वर्षको उमेरपछि टेलिभिजन हेर्न कम गर्नुपर्ने बताउँछन्। जति धेरै टेलिभिजन हेर्‍यो, त्यति नै मात्रामा शरीर स्थिर रहने, मांशपेशीको कसरत नहुने र क्यालोरी खपत नहुने भएकाले यसले विरामी हुने र चाँडो मृत्यु हुने जोखिम बढाउने वैज्ञानिकहरु बताउँछन्।

१३. दिनमा कम्तीमा २० पल्ट हाँस्नुहोस्
हाँस्नाले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ, तनाव उत्पन्न गराउने हर्मोनलाई कम गर्छ र क्यान्सरविरुद्ध लड्ने किलर टी सेलहरुलाई उत्प्रेरित गर्छ। वयस्कहरु औसतमा दिनको पाँचदेखि १५ चोटी हाँस्छन् भने बच्चाहरु भने दिनमा एक सयपटकभन्दा धेरै चोटी हाँस्छन्।

१४. धुमपान त्याग्नुहोस्
फिनल्यान्डमा भएको एक अध्ययनले धुमपान गर्नाले जीवनलाई १० वर्ष छोटो बनाउने मात्र नभई वृद्धावस्थामा जीवनको गुणस्तरलाई घटाउने देखाएको छ।

१५. केही कुरामा विश्वास राख्नुहोस्
हजारौं अध्ययनले विश्वास र दीर्घायुको बीचमा सम्वन्ध रहेको देखाएका छन्। गहिरो विश्वासले मानिसहरुलाई तनाव र भावनात्मक समस्यासँग लड्न सहयोग गर्छ। यसले मुटु, श्वासप्रश्वास र पाचन समस्याबाट लड्नका लागि पनि उत्तिकै सहयोग गर्छ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger