|
|
१३ साउन, धनकुटा ।
धनकुटाको परेवादिन गाविस-५ सिधुवामा बिहीबार दिउँसो यात्रुबस दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्रीसहित सात जनाको मृत्यु भएको छ ।संखुवासभाको मुडेशनिश्चरेबाट धरान जाँदै गरेको बा २ ख ७३६६ नम्बरको बस हिलटप होटल नजिक दिउँसो सवा १२ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा पूर्व अर्थराज्यमन्त्री हरिराज खेवासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य मृतकको सनाखत भएको छैन । दुर्घटनामा ३ पुरुष, ३ महिला र एक बालिकाको मृत्यु भएको पूर्वक्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दुर्घटनामा तीस-चालिस जना घाइते भएको र उनीहरुलाई उपचारका लागि बिभिन्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
|
|
Post a Comment