Headlines News :
Home » » मोवाइल नम्बरको अन्तिम अंक फरक पर्दा डेढ लाख गुम्यो..

मोवाइल नम्बरको अन्तिम अंक फरक पर्दा डेढ लाख गुम्यो..

Written By news on Tuesday, 19 July 2016 | 00:16



खोटाङ, साउन ४ –
 आफन्तलाई पठाएको रकम अर्कैले झिकेर बेपत्ता भएपछि खोटाङको बड्कादियाले–१ का नरेश राई समस्यामा पर्नुभएको छ । गएको जेठ–१२ गते हाम्रो खोटाङ कम्पनी दिक्तेलबाट आइएमई गरेर काठ्माडौं एकान्तकुना बस्ने काका नकुल राईलाई पठाएको १ लाख ५० हजार रुपैयाँ रकम अर्कैले झिकेर बेपत्ता भएपछि राई अप्ठ्यारोमा पर्नुभएको हो ।

आइएमईबाट रकम पठाउनेक्रममा नकुलको मोवाइल नम्बरको अन्तिम नम्बर फरक परेका कारण त्यो रकम फापरबारी–७ मकवानपुरका सरोज तिमल्सेनाले झिकेर भएको पीडित राईले बताउनुभयो । नरेशले आइएमई गरेको रकमका विषयमा दिइएको जानकारी भुलवस तिमल्सेनाको मोवाइलमा फोन गएपछि तिमल्सेनाले कागजात मिलाएर रकम झिकेको पीडितको भनाई छ ।

‘मेरो नाम उल्लेख हुनुपर्नेमा नकुल राईको नाम उल्लेख भएको’ भन्दै तिमल्सेनाले दाबी गरेपछि हाम्रो खोटाङ कम्पनीकै अनुमतीमा रकम दिइएको काठमाडौंस्थित नमस्ते रेमिटले जवाफ दिएको राईले बताउनुभयो । आफन्तलाई पठाएको रकम बेपत्ता भएपछि पीडित राईले खोजीकालागि जिल्ला प्रशासन कार्यालय, प्रहरी, स्थानीय शान्ति समिति र उद्योग बाणिज्य संघमा उजुरी दिनुभएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger