Headlines News :
Home » » चीनले सार्वजनिक रुपमा खुलेरै भन्यो- नेपालको विकास हुन नदिने भारत नै हो..

चीनले सार्वजनिक रुपमा खुलेरै भन्यो- नेपालको विकास हुन नदिने भारत नै हो..

Written By news on Wednesday, 20 July 2016 | 23:21


चिनियाँ प्रा. हु सिसेङ

काठमाडौं,नेपालमा लगानी गर्नका लागि चीनले भारतकै कारणले केही अप्ठ्यारो र असहज महसुस गरेको छ ?
सांस्कृतिक भिन्नताका कारणले त्यस्तो भएको हुन सक्छ । नेपालमा भारतीयको तुलनामा चिनियाँलाई पक्कै पनि बढी अप्ठ्यारो छ ।

भाषा, संस्कृति र अन्य थुप्रै कारक तत्वका कारणले भारतीयलाई नेपालमा व्यवसाय गर्न सजिलो भएको छ । भारतीयलाई नेपाली संस्कृति, भाषा र रहनसहन सबै थाहा छ ।
उनीहरुले कुनै अवरोध गरे भने पनि त्यसले चिनियाँ व्यवसायीलाई असर पार्छ । नेपालको विकासमा भारत धेरै वर्षदेखि संलग्न हुँदै आएको छ ।

भारतीयको तुनलामा चिनियाँ व्यवसायी र लगानीकर्ता नेपालमा नयाँ हुन् ।नेपालमा थुप्रै भारतीय श्रमिकहरु काम गर्छन् । उनीहरुको प्रभाव पनि छ । उदाहरणका लागि चीनले एक हजार मेगावाटभन्दा ठूला जलविद्युत उद्योगमा लगानी गर्न खोज्छ, तर भारतीयकै अवरोधले गर्दा सफल हुन सक्दैन ।

विगतका सरकारलाई प्रभावमा पारेर भारतले नेपालका मुख्य पाँचवटा नदीलाई ओगटेको छ । यस्तो अवस्थामा नेपालमा व्यवसाय गर्न चीनले भारतसँग प्रतिस्पर्धा गर्न सक्दैन । गरिहाले पनि चीनले जित्ने सम्भावना अत्यन्त कम हुन्छ ।

भारतले नेपालका सबै क्षेत्रमा नियन्त्रण जमाउन खोजेको छ । कतिपय अवस्थामा सफल पनि भएको छ । यसले गर्दा चिनियाँ व्यवसायीलाई नेपालमा केही अप्ठ्यारो छ । भारतको तुलनामा चीनसँग ठूलो पुँजी छ । पूर्वाधार निर्माणमा चीनको व्यवस्थापन र सुरक्षा राम्रो छ, अत्याधुनिक प्रविधि छ । त्यसकारण नेपालको विकास चीन र भारतले समन्वय गरेर अगाडि बढ्ने हो भने नेपालका लागि त्यो सुनौलो अवसर हुनेछ ।
(कान्तिपुर दैनिकमा प्रकाशित सिआइसिआरआरका निर्देशक प्रा. हु सिसेङसँगको अन्तर्वार्ताको एक अंश)

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger