Headlines News :
Home » » बाढी र पहिरोले जनधनको यस्तो नोक्सानी ५ जना बेपत्ता ४ जना मृत फेला हेर्नुस भिडियो सहित..

बाढी र पहिरोले जनधनको यस्तो नोक्सानी ५ जना बेपत्ता ४ जना मृत फेला हेर्नुस भिडियो सहित..

Written By news on Tuesday, 26 July 2016 | 01:37



प्युठान, ११ साउन ।
गएरातिबाट परेको अबिरल बर्षाका कारण प्युठान जिल्लाका विभिन्न स्थानमा बाढी पहिरो गएपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको लुङ ६ बहाने बजारमा स्थानिय शिशिर रिजालको घर भत्किदा उनकी अन्दाजी ३२ बर्षीया श्रीमति शोभा रिजालको मृत्यु भएको खबर छ । बहाने कै सिमबुटामा धोज बहादुर पुनको घर पहिरोले पुरिदा डेरा गरि बस्ने अन्दाजी २५ बर्षिया काली परियार, ११ बर्षिया किरण थापा र अन्य २ जना पुरिएका छन् ।

 पुनको २८ बर्षिया छोरी पबित्रालाई भने सकुशल उद्धार गरिएको छ । प्रहरीका अनुसार ५ जना पहिरोमा पुरिएर बेपत्ता भएका हुन् । यो समाचार तयार पार्दासम्म ४ ओटा शब झिमरुक नदी किनारमा फेला परेका छन् । जिल्लाका दर्जनौं स्थानका बस्तीहरु उच्च जोखिममा छन् । झिमरुक ड्याम साइड रम्दीमा झिमरुक खोलाले बगाएर २ वटा शव भेटिएको छ । लगातारको पानी र खोला ठूलो भएका कारण निकाल्न नसकिएको स्थानीयले बताए । विजुवारमा निर्माणाधिन प्यूठान नगरपालिकाको भवन नजिकै पनि अर्का १ जनाको मृत शव खोलाले बगाएर ल्याएको छ । अन्दाजी ४५ वर्षीय पुरुषको शव रहेको उनको पनि सनाखत हुन सकेको छैन् । त्यस्तै प्यूठानको बाग्दुला पुल नजिकै अन्दाजी १२ वर्षकी एक बालिका पनि मृत फेला परेकी छन् ।

 बाढी पहिरोले बिनासै बिनास भारी बर्षातका कारण गएको बाढी पहिरोले जिल्लाका विभिन्न ठाउमा ठुलो क्षति पुर्याएको छ । बाढी र पहिरोको सन्त्रासमा प्यूठानका गाउँ गाउँमा रात गुजारेका छन् । प्यूठान नगरपालिका १३ सापडाँडामा ४ वटा घर भत्किएका छन् । स्थानीय र प्रहरीले घरमा रहेकाहरुलाई उद्वार गरिरहेको छ । स्याउलिवाङ ५ मा पहिरोका कारण १८ घर उच्च जोखिममा रहेको स्थानीयले बताए । स्थानीयको सहयोगमा जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताइएको छ। पहिरोका कारण अर्खा गाविस वडा नं. ६ को एक बस्तिमा ३० घर उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् ।

तर, अहिलेसम्म मानबिय क्षतिको खबर भने न आएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । जोखिम क्षेत्रमा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयले जनशक्ती परिचालन गरेको प्रहरी प्रमुख रन्जित सिह राठौरले बताए । त्यसैगरि ढुङ्गेगदी ३ बड्डाडा बजारमा रहेको खानेपानीको ट्याङ्की पहिरोको उच्च जोखिममा छ । पाँच बर्षअघि जिल्ला खानेपानीको १३ लाख रुपैया र स्थानियको श्रमदानमा निर्माण गरिएको ट्याङ्की पहिरोको जोखिममा रहेको हो।उक्त सेफ्टी ट्याङ्किबाट बजारका झन्डै १ सय ५० घरधुरीले खानेपानीको सुबिधा लिदै आएको खानेपानी ब्यबस्थापन समितिका अध्यक्ष गोपिलाल उपाध्यायले जानकारी दिए । जिल्लाको जुम्री खोलामा पानिको बाहाव अत्याधिक भएपछि नयाँ बजारका स्थानीय त्रसित छन् । बाढी र वर्षाका कारण ग्रामिण सडक खण्डमा ठाउँ ठाउँमा गएको पहिरोका कारण अवरुद्ध भएका छन् ।

 झिम्रुक नदीमा पछिल्लो १४ वर्षकै ठूलो बहाव भएको बुटवल पावर कम्पनी दारिमचौरले जनाएको छ । नदीमा अत्यधिक बहाव बढेकाले दुई दिनदेखि बुटवल पावर कम्पनीको उत्पादन बन्द भएको छ । रजवारा गाविसमा स्थानीयले आफैले निर्माण गरेको थाराखोला लघु जलविद्युत् आयोजना, तिखाचुली लघु जलविद्युत् आयोजना र सिरिङ खोला जलविद्युत् आयोजना पूर्णरुपमा बगाउँदा करिब ९०० घरधुरी अध्याँरोमा बस्नुपरेको स्थानीय जोगेन्द्र मल्लले जानकारी दिए ।

 अर्खा गाविसमा पनि तीनवटा लघु जलविद्युत् आयोजना बाढीले बगाएको छ । सुसाउने खोला, जुरढुङ्गा कोर्चे र कालिमाटी लघु जलविद्युत् आयोजनाको तार, पोल र विद्युत् उत्पादनगृह बाढीले बगाएको सुसाउने खोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष पुमलाल घर्तीले जानकारी दिए । जिल्लाको स्याउलीवाङ गाविसमा रहेको सरिमाखोला लघु जलविद्युत् आयोजनामा कम्पनीका सबै भौतिक संरचना बाढीले बगाएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger