Headlines News :
Home » » सर्लाहीमा भयो अचम्म ! नाग सर्प हेर्दा भकाभक बेहोस भए मानिस...

सर्लाहीमा भयो अचम्म ! नाग सर्प हेर्दा भकाभक बेहोस भए मानिस...

Written By news on Monday, 25 July 2016 | 04:30



महोत्तरी–करीब ९ फिटको विशाल जंगली नाग सर्प हेर्न सर्लाहीको गौरीशंकर गाविसको बाँके चोकका दिनहुँ हजारौंको भीड लाग्ने गरेको छ । पूर्व—पश्चिम रागमार्गमा पर्ने बाँके चोकस्थित जिल्ला वन कार्यालय सर्लाहीको वन रक्षक बस्ने क्वार्टरमा १८ दिनअघि विशाल नाग सर्प पसेको कालिन्जोर–६ का स्थानीय टलकबहादुर मगरले बताए । पाँच दिनमा २१ हजार भेटी नाग सर्प देखेपछि स्थानीयहरु भगवानको रुप भन्दै दुध, लाबा र भेटी चढाउन थालेका लालबन्दी–५ का शंकर खतिवडा बताउँछन् । उनी भन्छन्, ‘हामीले हेर्दा अजिंगर जस्तो लाग्छ
।’ पाँच दिनको अवधिमा २१ हजार भेटी जम्मा भएको छ । दिनहुँ ४—५ हजार भन्दाबढी मानिसहरु सर्प हेर्न आउने गरेका छन् । धार्मिक दृष्टिकोणले नाग जोडीको पूजाआजा गर्ने परम्परा अनुसार दुध र लाबा चढाएर मानिसहरुले पूजा गरिरहेका छन् । सर्पमा हुनुपर्ने गुण नागले देखाएन विशाल सर्पलाई मानिसहरुले नजिकै गएर हातले स्पर्श गरेर कतिपयले दर्शन गर्ने गरेका छन् । सर्पले कुनै प्रतिक्रिया देखाउँदैन् । सर्पमा हुनुपर्ने गुण नाग सर्पले नदेखाएपछि दर्शन गर्न त्यहाँ पुग्नेहरु मानिसहरु तीन छक्क पर्ने गरेका महोत्तरीको लक्ष्मीनियाँ–९ का रामचन्द्र महतोले बताए । उनी भन्छन्, ‘सर्प भएको भए मानिसहरुलाई आक्रमण गर्थे । सर्पलाई गाडीले ठक्कर दिएको हुनसक्छ । बेहोसको सर्पले आफ्नो साहारा घरलाई बनाएको होला ! हेर्न जानेहरुमध्ये केहीले त्यहाँ पुग्दा हा हु गर्छन् नाग सर्पको दर्शन गर्न पुग्नेहरुमध्ये कतिपयले देवी देवता आएर हा हु गर्दै जीउ कमाउने गरेका छन् । हा हु गरेर कराउनेहरु जीउ तंग्राउने, बेहेस हुने गरेका छन् । उनीहरुलाई उठाएर सर्प भएको कोठामा राखिदिदाँ केही छिनमा पहिलेको अवस्थामा फर्किने गर्दछ । मानिसहरुले त्यहा मन्दिर बनाउन जुटेका छन् । २४ घण्टा सवारी साधन गुड्ने राजमार्गमा हर्नेको ठूलै भिड लाग्ने गरेको छ । बसको स्टेरीङ्गमा बेरिएको सर्पलाई मोटरसाइकलले ठक्कर दियो घरमा बसेका नाग सर्प एक महिनाअघि पूर्वबाट काठमाडौं हिँडेका अग्नी बसमा महोत्तरीको लक्ष्मिनियाँ पनि थिए । बीच सडकमा सर्परहेको सवारी चालकले देखेपछि सर्प बसको स्टेरिङ्गमा गएर बेरिएर बसेको थियो । पछि लठ्ठिले घोगी–घोगी सर्पलाई बसबाट झारीएको सर्लाहीका टलक बहादुर मगरले बताए । त्यसको १७ —१८ दिन बाटो काट्ने क्रममा बाँके चोकमा स्थानीय युवा सवार मोटरसाइकलले ठक्कर दिएको मगर बताउँछन् । फेरी अर्को दिन गाडीमा सर्प पसेपछि मगरले बोराम सर्पलाई पसाएर जंगलमा छाडिदिएका थिए । तर सर्प पछि वन रक्षक बस्ने कोठामा गएर बस्यो । अहिले त्यही छन् । घरी–घरी बाहिर निस्किने गर्छ । फेरी भित्र पस्ने गर्छ । सर्पको उपचार गरि जंगलमा छाडिदिनुपर्छ स्थानीयहरुका अनुसार, सर्प सवारीको ठक्करबाट घाइते भएको हुन सक्छन् । केही दिन अघि गाडीबाट निकाल्ने क्रममा सर्पको टाउकोमा चोठ देखिएको सुरक्षामा त्यहाँ खटिएका प्रहरी हबलदार मुकेश कुमार कर्मीले बताए । नत्र सर्प नै हो भने सर्पले आफ्नो हर्कत देखाउने थियो होला । सर्पको सहि उपचार गरेर जंगलमा छाडिनुपर्ने स्थानीयहरुको भनाई छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger