Headlines News :
Home » » बोक्सीको आरोपमा २० वर्षीया परियारलाई यसरी क्रिश्चियन धर्मालम्बीले मरणासन्न हुनेगरी कुटेर दिशा खुवाए..

बोक्सीको आरोपमा २० वर्षीया परियारलाई यसरी क्रिश्चियन धर्मालम्बीले मरणासन्न हुनेगरी कुटेर दिशा खुवाए..

Written By news on Thursday, 21 July 2016 | 21:45

सल्यान ।
 सल्यान कुपिण्डे ४ ज्यामिरेमा बोक्सी भगाउन भन्दै एक महिलालाई दिसा खुवाइएको छ। कुपिण्डे गाउँ विकास समिति वडा ५ अधेरीकी २० वर्षीया सेती परियारलाई क्रिश्चियन धर्म अवलम्वन गरेका पावल भनिने डल्लु सुनारले सिस्नोपानीले मरणासन्न हुने गरी यातना दिई दिसा खुवाएका हुन्।
 पेट दुखेपछि चर्चमा पुगेकी परियारलाई सुनारले बोक्सी लागेको भन्दै यातना दिएको स्थानीय विष्णु नेपालीले जानकारी दिए । जेठ २३ गते नै घटना भएपनि सार्वजनिक भने गरिएको थिएन ।
 भूत लागेको भन्दै दिशा खुवाएपछि पीडित परियारको मानसिक सन्तुलन विग्रिएको बुवा शितल परियारले जानकारी दिए। चर्चमा उपस्थितहरुले परियारलाई यातना नदिन आग्रह गरेपनि पावलले मानेनन् । उनले घटना सार्वजनिक गरे परियारलाई जस्तै यातना दिने भन्दै धम्काएका थिए।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger