Headlines News :
Home » » वि.सं. २०७३ साल साउन ११ गते। मंगलबार। इश्वी सन् २०१६ जुलाई २६ तारिख..

वि.सं. २०७३ साल साउन ११ गते। मंगलबार। इश्वी सन् २०१६ जुलाई २६ तारिख..

Written By news on Monday, 25 July 2016 | 21:51


वि.सं. २०७३ साल साउन ११ गते। मंगलबार। इश्वी सन् २०१६ जुलाई २६ तारिख। नेपाल संवत् ११३६ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– सप्तमी, १७:४८ बजेउप्रान्त अष्टमी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
Ariesखर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। तर शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अवसरले पछ्याए पनि स्वास्थ्य-समस्याले सताउन सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
Taurusमेहनत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट सामान्य लाभ मिल्नेछ। ऋणमोचन हुने सम्भावना छ। मध्याह्नपछि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा दिगो काम प्रारम्भ हुन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
Geminiअरूलाई प्रभावित पारेर काम बनाउने समय छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। मध्याह्नदेखि आम्दानी बढ्नेछ। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। मेहनत गर्दा आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
Cancerस्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। कमजोरीले चिन्ता बढाउन सक्छ। तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। मध्याह्नपछि धेरैको साथ प्राप्त हुनाले कर्मयोग बलियो रहनेछ। कृषि र व्यापारमा पनि मनग्य फाइदा हुनेछ। मेहनतले लक्ष्यमा पुर्याउनेछ। पदीय जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
Leoकाम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मध्याह्नदेखि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। रोकिएका काम सम्पादन हुनेछन्। नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मेहनत गर्दा भाग्यले साथ दिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
Virgoमध्याह्नसम्म दिन रमाइलो हुनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै होला। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। अपराह्नपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले सताउन सक्छ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिएलान्। श्रमको मूल्य थोरै मात्र प्राप्त होला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
Libraप्रयत्न गर्दा मनग्य लाभ उठाउन सकिनेछ। भौतिक साधन जुट्नाले काममा उत्साह जाग्नेछ। प्रतिद्वन्द्वीहरू पराजित हुनेछन्। मध्याह्नदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त होला। लोकाचार तथा उपहारमा अनियन्त्रित खर्च बढ्नाले मन पिरोल्न सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
Scorpioहल्लाको भर पर्दा दु:ख पाइएला। काममा बाधा पुर्याउनेहरूले सताउन सक्छन्। तापनि मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ। मध्याह्नपछि बाधाहरू स्वत: हट्नेछन् भने आफनो क्षेत्रमा अधिकार जमाउन सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
Sagittariusपुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुन सक्छ। मध्याह्नदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। पढाइलेखाइमा प्रगति हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
Capricornगरिएका कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। नयाँ काम प्रारम्भ गर्ने मौका छ। मेहनतले मनग्य लाभ उठाउन सकिनेछ। मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। आफन्तहरू टाढिने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
Aquariusधेरै बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। परिस्थितिले निराश तुल्याउन सक्छ। तापनि दु:खी मनले कृत्रिम मुस्कान छर्न बाध्य भइनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। व्यापार तथा कृषिमा मनग्य धन लाभ हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
Piscesकाम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मध्याह्नदेखि सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। तर कामको चाप बढ्नाले थकित भइएला। आफ्नो काम स्थगित हुन सक्छ। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। मेहनत गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger