Headlines News :
Home » » भूवन केसीका पिता भन्छन्-‘अनमोल अल्लारे नै छ, छोरा जस्तो हिरो अरू देखिनँ’..

भूवन केसीका पिता भन्छन्-‘अनमोल अल्लारे नै छ, छोरा जस्तो हिरो अरू देखिनँ’..

Written By news on Friday, 1 July 2016 | 00:47


वि.सं २०४८ सालमा मदनमोहन केसीले चलचित्र ‘सपना’ निर्माण गरेका थिएँ । ४८ लाख लगानीमा बनेको यो चलचित्रले ४० लाख कमायो, तर त्यो बेलाको सर्वाधिक हिट चलचित्रमा दहरियो ।

बिहिबार राष्ट्रपति भवनमा छोरा भूवन केसीले पाएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ थाप्न पुगेका केसी केहिबेर अनलाइनखबरसँग सुनिए । उनले छोरा भूवन र नाती अनमोलका बिषयमा रोचक कुरा गरे । ७७ बर्षका केसीले अनलाइखबरसँग छोरा भूवन, नाती अनमोल र आफ्नो बिषयमा यसरि कुरा गरे ।

योगामा व्यस्त

एउटा चलचित्र बनाइसकेपछि मैले अरु चलचित्र बनाइन । म यो क्षेत्रमा खासै घुलमिल पनि भइन् । यसपछि म योगतर्फ लागेँ । विशेषगरि, नेपालमा पतञ्जली सुरु भएपछि काठमाण्डौ जिल्ला अध्यक्ष भएर मैले केहि बर्ष काम गरेँ । पछि रुकमांगत कटुवाल सेनापति हुँदा नेपाली सेनाका विभिन्न शिविरमा गएर मैले योगा पनि सिकाएँ । अहिले भने घरमा आफै योगा गर्छु ।

हाल म सिनामंगस्थित घरमा एक्लै बस्छु । छोरा भूवन केसी र नाती अनमोल केसी समय-समयमा आइरहन्छन् । उनीहरु १ बर्ष अगाडि पूरानो बानेश्वर सिफ्ट भएका छन् ।

भूवन केसीको बारेमा
मैले भूवन मेरो छोरा हो भनेर मात्र भनेको होइन । उसमा हरेक किसिमको क्षमता छ । मलाई त उसको अनुहार नै मनपर्छ । अब नाती अनमोलले के गर्छ थाहा छैन, तर भूवन केसीलाई भेट्ने हिरो मैले आजसम्म भेटेकै छैन ।

आज नाती अनमोलले जुन किसिमको क्रेज र चर्चा पाएको छ, यो राम्रो हो । तर, यो भन्दा बढी क्रेज र चर्चा तत्कालिन समयमा भूवन कै थियो । साच्चै, भूवन नेपालको सुपरस्टार नै हो ।

भूवनलाई सुझाव
म यो क्षेत्रमा खासै घुलमिल हुन सकिनँ । यसपटक भूवनले चलचित्र निर्देशनमा हात हाल्यो, राम्रै भयो । अब, उसले नायकको भन्दा पनि अभिनेताको रुपमा चलचित्रमा अभिनय गर्न जरुरी छ । आफू मात्र जमेर हुँदैन, छोरालाई पनि पोलिस गर्न जरुरी छ । अमिताभ बच्चनले त ७४ बर्षको उमेरसम्म चलचित्र गरेका छन्, उसले पनि गर्न सक्छ ।

अनमोलको बारेमा
अनमोलले अहिले जुन खालको क्रेज बनाएको छ, त्यो उसको खुबीले बनाएको हो । अनुहार मात्र राम्रो भएर हुँदैन खुबी पनि चाहिन्छ, जुन नातीमा छ । अर्को कुरा बाबु भूवनका कारण पनि अनमोल यो स्थानमा पुगेको हो । उसलाई भगवानले अनुहार ‘गड गिफ्ट’को रुपमा दिएका छन् ।

उसको आगामी चलचित्र यो भन्दा स्तरिय होला भन्ने अपेक्षा पनि मेरो छ । उसलाई मैले अभिनय, डान्स, फाइट पनि सिक्न जरुरी छ भनेको छु । उसले अहिले त्यो काम गर्दै आएको पनि छ ।

मलाई त नातीले अभिनय गरेका ४ चलचित्रमध्ये ‘ड्रिम्स’ नै मनपर्‍यो । उसले यो चलचित्रमा राम्रो काम पनि गरेको छ । फेरि, यो चलचित्रमा जुन खालको दृश्य कैद गरिएको छ, अब त्यो पाइदैन । धेरै त भूकम्पले नै भत्कायो ।

यो चलचित्रको खिचाइमा कुनै खालको संझौता नै गरिएको छैन । यो चलचित्रमा अनमोलले धेरै मिहिनेत गरेको देख्छु
नातीलाइ सुझाव
जतिसुकै उचाइमा पुगेपनि उ अहिले अल्लारे नै छ । अझै पनि केटाकेटी नै छ । अब उ खारीनु पर्छ । खारिएका व्यक्तिसँग सुझाव लिन सक्नुपर्छ । सबैसँग सिक्नुपर्छ अनी मात्र अगाडि जान सकिन्छ । अचेल म खासै चलचित्र हेर्दिनँ । नातीले नै जाउ भनेर चलचित्र ‘गाजलु’ हेर्न गएको थिएँ । चलचित्र हलमा गएर हेरेको छैन ।

भूवन-सुस्मिता डिभोर्स
मैले भूवन र सुस्मिताले डिभोर्स गर्दा केहि पनि भनिनँ । जब, दुई जना एकसाथ मिलेर नै बस्न सक्दैनन् भने अलग भएकै राम्रो हो नि । उनीहरुले जीवनमा अलग बस्छु भन्दा मैले के भन्ने होइन र ? डिभोर्स गर्नु राम्रो त होइन, तर एकसाथ बस्न सकिदैन भनेपछि मैले पनि कुनै करकाप गरिनँ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger