Headlines News :
Home » » डा भोला रिजाललाई बीबीसीमा जब आफ्नै अस्पतालको शौचालय सफा गर्न नसक्ने भनियो …,,

डा भोला रिजाललाई बीबीसीमा जब आफ्नै अस्पतालको शौचालय सफा गर्न नसक्ने भनियो …,,

Written By news on Wednesday, 27 July 2016 | 21:42


डा भोला रिजालको नेतृत्वमा बुधवार डा गोविन्द केसीको विरुद्धमा प्रदर्शन भयो । डा केसीसँग भएको सम्झौता खारेज गर्नुपर्ने माग मात्रै थिएन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको पक्षमा थियो ।

यही सन्दर्भमा बीबीसीले उनीसँग अन्तर्वार्ता गर्यो जहाँ उनले आफ्नो हर्कतको बचाउ गर्ने कोशिश गरे । तर, बीबीसीकी संवाददाता रमा पराजुलीले आफैं बिरामी परेर उनले खोलेको ओम अस्पताल पुगेको र अस्पतालको शौचालय फोहोर रहेको प्रसंग उप्काइन् । त्यसपछि भने उनको हस्पिटलमा उपचार गर्ने आउनेमाथि दोष थोपरे । उक्त हस्पिटलमा आउने बिरामीलाई ट्वाइलेट नै प्रयोग गर्न नआउनेसम्म भन्न भ्याए ।
तर, फोहोर रहेको कुराको उनले बचाउ गर्न सकेनन् र स्वीकारे । त्यसपछि पत्रकारलाई यसैगरी समस्या औंल्यादिन भने ।

आफूले सञ्चालन गरेको अस्पताल फोहोर छ कि सफा छ भन्ने पनि पत्रकारले औंल्याइदिनु पर्ने उनको तर्क सुन्नेलाई असहज महशुस गराउने खालको थियो ।
यसैगरी उनले अन्र्तवार्ता भरि निजी मेडिकल कलेजले ६० लाख रुपैयाँ  भन्दा बढी शुल्क असुल्न पाउने दाबी गरिरहे । भारतमा ६० लाख भारु रहेको, अमेरिकामा २ सय हजार डलर रहेको प्रसंग ल्याए । बीबीसीको प्रतिप्रश्न थियो– तपाईं ५०–६० लाख रुपैयाँ खर्च गरेर पढ्ने डाक्टरलाई मासिक कति तलब दिनुहुन्छ ?
उनी यसबाट भाग्न खोजे । त्यतातिर नजाउँ भने ।  चिकित्सा शिक्षा पढेर पैसा कमाउन खोज्नेले पढ्न हुँदैन सम्म भने । जब यत्रो खर्च गरेर डाक्टर बनेकालाई डा रिजालले काममा राख्दा २५–३० हजार रुपैयाँ मात्रै तलब दिने गरेको बताइयो । उनले काम गरेर पैसा कमाउन मेडिकल क्षेत्रमा आउन नहुने तर्क गरिरहे । उनले ६० लाख शुल्क लिँदा घरखेत बेचेर पढ्नुपर्छ । यत्रो खर्च गरेपछि काम गर्ने ठाउँमा उचित तलब नपाए कसरी काम गर्ने ? भन्ने प्रश्नको उनले उत्तर दिएनन् ।

यति मात्रै होइन, उनले अहिलेको आन्दोलन अबुझताको कारणले भएकोसम्म भन्न भ्याए । उसो त डा केसी र उनका समर्थकलाई बाँदरको संज्ञा दिँदै भने– बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्कालाई पनि बनाउँन दिँदैन ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger