Headlines News :
Home » » ९ बर्षिया बालिका बलात्कृत: बालिकाको प्रहरीको निगरानीमा उपचार हुँदै ।

९ बर्षिया बालिका बलात्कृत: बालिकाको प्रहरीको निगरानीमा उपचार हुँदै ।

Written By news on Monday, 4 July 2016 | 22:06


२१ असार - पोखरा।
              रौतहट सदरमुकाम गौरमा ९ वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

        शनिवार साँझ घरभन्दा पश्चिमपट्टी रहेको नदी किनारमा घाँस लिन गएकी बालिकालाई बलात्कार गरेको आरोपमा गौर नगरपालिका १० का १८ वर्षीय शंकर साहलाई प्रहरीले पक्रेको हो । नदी किनारमा रहेकी बालिकालाई ललाई फकाई साहले बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ । बलात्कार पछि फरार भएका साहलाई प्रहरीले रौतहटको मठिया महुलियाबाट आइतबार बिहान पक्राउ गरेको हो । साह गाउँ छोडेर भाग्न लागेका बेला सिमानाको गाउँबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बलात्कृत बालिकाको जिल्ला अस्पताल गौरमा प्रहरी निगरानी मै उपचार भइरहेको र बालिकाको अवस्था सामान्य रहेको प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीले बताए । बालिकाको स्वास्थ्य परीक्षणले पनि बलात्कार पुष्टी भएको जिल्ला अस्पताल गौरले जनाएको छ ।

             पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानका लागि आइतबारै जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको र जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरी नायव उपरिक्षक भण्डारीले बताए । यसअघि पनि ११ जेठमा रौतहट कै चन्द्रनिगाहपुरमा एक ७ वर्षीया बालिका बलात्कृत भएकी थिइन् । विगत केही महिना यता रौतहटमा बलात्कारका घटना बढेको प्रहरीको तथ्यांकले देखाएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger