|
|
काठमाडौं, २ साउन ।
गत असार २८ गते किष्ट पोलिक्लिनिक बालकुमारीमा आत्महत्या गरेकी नर्स निमा डोल्मा लामाको मृत्यु रहस्यमय बन्दै गएको छ । उनको आत्महत्या नभई हत्या भएको भन्दै परिवारले पोष्टमार्टम समेत गर्न दिएका छैनन् । निमाको क्लिनिक सञ्चालकद्धय देवकुमार शाह र उमेशकुमार शाहको मिलेमतोमा हत्या भएको परिवारको आरोप रहेको छ । लामाले तीन वर्षदेखि किष्ट पोलिक्लिनिक बालकुमारीमा काम गर्दै आएकी थिइन् । काम गर्ने क्रममा क्लिनिक सञ्चालक उमेशकुमार शाहसँग उनको प्रेम सम्बन्धमा रहेका थिए । लामा र शाहले पनि यसको स्विकार्दै विवाह गर्नेसम्मको कुरा चलेको थियो । तर, उनीहरुको सामान्य विवाद पछि लामाले क्लिनिक छाडेर वेलनेस अस्पताल बाँसबारीमा पार्ट टाइमको काम गर्दै आएको थिइन् । तर किष्ट पोलि क्लिनिकले फुल टाइमको अफर दिदै उमेरकुमार शाह र डा. देवकुमार शाहले लामालाई फेरि बोलाएको परिवारले जनाएको छ । मासिक १४ हजार रुपैयाँ दिने भन्दै बोलाएपछि निमाले परिवारका सदस्यहरुसँग पनि छलफल गरेकी थिइन् । गत २४ गते घरबाट निस्केकी लामा २७ गतेसम्म नर्फकेपछि बहिनीले फोन गर्दा म क्लिनिकमै छु भनी फोन राखेकी थिएन् ।
२८ गते बिहान देवकुमार शाहले बहिनी मिनालाई फोन गरी दिदिलाई सामान्य पेट दुखेर महाराजगञ्ज अस्पताल भर्ना गरीएको छ एक्लै नजानु भनेको निमाकी बहिनी मिनाले बताइन् । तर अस्पतालमा बुझ्दा लामालाई मृत अवस्थामै अस्पताल पुर्याइएको थियो । लामालाई मृत अवस्थामा अस्पताल पुर्याएका उनका प्रेमी उमेककुमार शाह भने प्रहरीको हिरासतमा छन् । प्रहरीको बयानमा साहले डोरीमा झुन्डिएरको अवस्थामा देखेको र ढोका फोरेर उनलाई अस्पताल पुराएको बयान दिएपनि हत्या भएको परिवारको दावी छ । ‘देवकुमार शाहले झुट बोलेकाले दिदिको हत्या नै भएको हो ।’ बहिनी मिनाले भनिन्, ‘देव र उमेशको मिलेमतोमा दिदिको हत्या भएको हो ।’ शिक्षण अस्पताल पुग्दा लामाको देव्रे पट्टिको कानमा टेप टाँसेको, घाँटीमा रातो, निलो डाम देखिएको र जिन्स पाइन्टको टाँक खुस्किएको अवस्थामा लास रहेको बहिनी मिनाले बताइन् ।
|
|
Post a Comment