Headlines News :
Home » » सुनको सर्ट लगाएर भड्किलो व्यवहार देखाएको भन्दै व्यापारीको हत्या..

सुनको सर्ट लगाएर भड्किलो व्यवहार देखाएको भन्दै व्यापारीको हत्या..

Written By news on Friday, 15 July 2016 | 00:05


नयाँ दिल्ली, ३१ असार ।
 करोडौं पर्ने सुनको सर्ट लगाएर गिनिज बुकमा नाम लेखाउन सफल भारतीय व्यापारी दत्तात्रेय  फुगेको गएराति हत्या भएको छ ।
शुक्रबार राति गहना व्यापारी फुगेको हत्या भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । एउटा जन्मदिनको कार्यक्रमबाट घर फर्किने क्रममा उनको हत्या भएको हो । आक्रमणकारीले फुगेलाई ढुङ्गा तथा चक्कुले हानेर हत्या गरेका थिए । सधै‌ २० २५ जना बडिगार्ड  लिएर हिड्ने फुगे हत्या हुने समयमा भने एक्लै  थिए ।

सन् २०१३ मा २ लाख ३५ हजार अमेरिकी डलर बराबरको सुनको सर्ट बनाएर फुगेले आफ्नो नाम गिनिज बुकमा लेखाउन सकेका थिए । उनको यस प्रकारको भड्किलो व्यवहारले गर्दा कैयौं मानिसहरु आक्रोशित पनि भएका थिए । फुगेको गैर सामाजिक व्यवहारबाट क्रुद्ध मानिसले उनको हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान लगाइएको छ । हत्याको अारोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger