|
|
बाँके, साउन १२ ।
राप्ती नदीमा आएको भिषण बाढीमा अझै पनि होलिया–२ चौफेरीका करिव ५० बढी सर्वसाधारणहरु फसेको खबर कान्तिपुर दैनिकमा छ । भारतीय सीमासँग जोडिएको उक्त गाउँका स्थानीयहरु घरको छानामा बसेर गुहार मागिरहेको अवस्थामा देखिएको बाँकेका प्रहरी उपरीक्षक एसपी टेकप्रसाद राईले बताए । उनीहरुको उद्दार प्रयास भइरहेको उनले बताए ।
बाढीमा फसेकाहरुको अवस्था जानकारी लिन जाने प्रयास गरिरहेका स्थानीय रामकुमार बाहुनका अनुसार भारतले निर्माण गरेको तटबन्धबाट हेर्दा ५० बढी स्थानीय बाढीमा फसेको देखिएको बताए । उनले त्यहाँका स्थानीयहरुसँग मोबाईल सम्पर्क गर्ने प्रयास भइरहेको बताए । ‘चारैतिर बाढी छ । त्यहाँ पुग्ने अवस्था छैन,’ उनले भने ।
डुंगाबाट उद्दार गर्न सम्भव नदेखिएपछि सेनाको हेलीकप्टर पठाउने तयारी भइरहेको एसपी राईले बताए । त्यस्तै, बाढीमा फसेका थप ४० सर्वसाधारणको आज बुधबार बिहान उद्दार गरिएको छ ।
होलिया–१ चौफेरीका उनीहरुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले डुंगाबाट उद्दार गरेको हो । उनीहरुलाई सुरक्षित स्थानमा ल्याइएको छ । बाढीबाट विस्थापित फत्तेपुर, गंगापुर, मटेहीया, होलियाका पीडितहरुलाई सामुदायिक वन र विद्यालयमा राखिएको छ । बाढीबाट एक हजार बढी प्रभावित भएका छन् ।
त्यस्तै, बाढीकै कारण ईलाका प्रहरी कार्यालय, भगवानपुर, गंगापुर र फत्तेपुर प्रहरी चौकी छतमा सरेका छन् । राप्ती नदीको बढी ८ दशम्बल १५ मिटर पुगिसकेको तर, हाल घट्ने क्रममा छ ।
|
|
Post a Comment