Headlines News :
Home » » नेपाली क्रिकेट टिम निरन्तर विजयी,अब विश्वकै पुरानो क्लबसँग अन्तिम भिडन्त..

नेपाली क्रिकेट टिम निरन्तर विजयी,अब विश्वकै पुरानो क्लबसँग अन्तिम भिडन्त..

Written By news on Sunday, 17 July 2016 | 23:00


काठमाडौं,साउन ३ ।
 बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार चौथो जित निकालेको छ ।

आइतबार राती भएको खेलमा नेपाली टोलीले बेलायतको स्थानीय क्रिकेट क्लब इस्टबर्नलाई एक सय ८१ रनले हराएको हो ।

नेपालले प्रस्तुत गरेको तीन सय एक रनको लक्ष्य पछ्याएको इस्टबर्नले ३४ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय १९ रन मात्रै बनाउन सक्यो ।

इस्टबर्नलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले तीन तथा बसन्त रेग्मी र सागर पुनले समान दुई दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा तीन विकेट गुमाएर तीन सय रन बनाएको थियो ।

नेपालका विनोद भन्डारीले अविजित ६७ रन तथा राजु रिजालले अजिजित ६० रन जोडेपछि पाहुना टोली नेपालले सम्मानजनक योगफल तयार पारेको हो ।

यसैगरी सुरुवाती व्याट्सम्यान अनिल मण्डलले ७३ रन जोड्दा सरद भेषावकरले ६० रन बनाए ।

नेदरल्यान्ड्ससँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलको तयारीका क्रममा नेपालले बेलायतका विभिन्न क्लबसँग चारवटा अभ्यास खेल खेलको छ ।

नेपालले बेलायत भ्रमणको अन्तिम खेलमा भोली लर्ड्स मैदानमा विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एम.सि.सी.सँग खेल्नेछ ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger