|
|
साउन ३, काठमाडौं ।
फेसनका शौखिन महिलाहरुलेे हरेक दिन पहिरनसँग मिल्दो कलरको नङपालिस लगाउँछन् । यसरी नङपालिसमा थेरधोर दुइ चार सय पैसा खर्च गर्नु सामान्य हो । तर के कुनै महिलाले नङपालिसमा करोडौँ रुपैयाँ खर्च गर्न सक्लान् ? सायद मनपर्ने नङपालिसका लागि जतिपनि मूल्य चुकाउन पछि नपर्ने धनाढ्य महिलाहरु यो दुनियामा भएकै कारण संसारमा साढे दुइ करोड भन्दा बढि मूल्य पर्ने नङपालिस समेत बनेका छन् ।
दुनियाको सबैभन्दा महंगो नङपालिसको मूल्य साढे दुइ लाख डलर पर्छ । एजेचर ब्राण्डको यो नङपालिस कालो हिरायुक्त नङपालिस हो । यो नङपालिसको मूल्य यति बढि हुनुको कारण यसमा २६७ कालो हिराका पत्थर रहेका छन् । यो नङपालिसका अहिलेसम्म २५ जनामात्र ग्राहक फेला परेका छन् । अन्य ५७६ जना व्यक्तिले यो नङपालिस किन्नका लागि आफ्नो नाम दर्ता गराएका छन् । हलिउडस्टार मेगन फक्स, केली क्लार्कसन तथा लिव टायलरले यो ब्लाक डायमन्ड नङपालिस खरीद गरेका छन् । कस्तो छ त यति महँगो पर्ने नङपालिस- भिडियो हेर्नुहोस -
|
|
Post a Comment