Headlines News :
Home » » भदौ ३१मा रिलिज हुने ‘गाँठो’ले अहिले नै लगानी उठायो !

भदौ ३१मा रिलिज हुने ‘गाँठो’ले अहिले नै लगानी उठायो !

Written By news on Monday, 4 July 2016 | 03:49


पछिल्लो समय राम्रा चलचित्र प्रदर्शन अगाबै बिक्रि हुन थालेको छ । यस्तै पछिल्लो चलचित्र ‘गाँठो’ले रिलिज अघि नै आफ्नो लगानी लगानी सुरक्षित गरेको दाबी गरिएको छ ।

अहिले पोष्ट प्रोडक्सनमा रहेको चलचित्र ‘गाँठो’भदौ ३१ गते बाट प्रदर्शनमा आउदै छ ।यस चलचित्रको रिलिज अघि नै एफडी कम्पनिबाट मोफसल प्रदर्शनको लागी २० लाख एमजी पाईसकेको र राजधानिको लागी गोविन्द शाहीबाट १० लाख एडभान्स पाएको दाबी गरिएको छ।

त्यस्तै ३५ लाखमा यस अघि नै हाईलाईटस् नेपाललाई चलचित्रको डिजिटल राईट्स बेचिएको समेत दाबी गरिएको छ ।यता कमेरो इभेन्टले अष्ट्रेलियाका लागी १५ लाखमा चलचित्र किनेको समेत बताइएको छ ।

मौन र होस्टेल रिर्टन्स निर्देशक सुरज भुषालले निर्देशन गरेको चलचित्र भएकाले ‘गाँठो’को लागी उक्त पैसा तिर्न आट गरेको कमेरो इभेन्टका राजिव भुषालले बताए । साथै अष्ट्रेलिया बाटै अगष्ट २७ तारिक का दिन ‘गाँठो’ले वल्र्ड प्रिमियर गर्दैछ । साथै अमेरिका र युकेका लागी ओभसिज राईट्सका लागी कुरा भैराखेको र केही दिनमा लगभग फाईनल हुने बताउदै यि दुई देशबाट आफ्नो लगानी लगभग सुरक्षित हुने निर्देशक सुरज भुषालले बताए ।

चलचित्रमा ‘गाँठो’मा नाजिर हुसेन, नम्रता श्रेष्ठ र अभय बराल मुख्य भूमिकामा छन् । चलचित्रमा तीलकबहादुर क्षेत्री, नृपेन्द्रराज जोशी र दीपेश भण्डारीको निर्माण रहेको छ ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger