|
|
झापा – गरामनी– १ स्थित देउनिया खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही वडाका टेकनाथ पौडेलको मृत्यु भएको छ ।
जंगलमा घाँस काटेर फर्कने क्रममा पौडेल पौडी खेल्न खोलामा पसेका थिए । पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पौडेलको शव उनीसँगै गएका साथीले बिहान पानीमा तैरिरहेको भेटेपछि प्रहरीमा खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, असार २८, २०७३ समय: १२:३५:५९
|
|
Post a Comment