Headlines News :
Home » » मुटु छुने यथार्थ- अपरिचित नम्बरबाट आएको मिसकल ले जुराएको नेत्रहीन जोडी :: पुरा पढ्नुहोस् >>

मुटु छुने यथार्थ- अपरिचित नम्बरबाट आएको मिसकल ले जुराएको नेत्रहीन जोडी :: पुरा पढ्नुहोस् >>

Written By news on Monday, 11 July 2016 | 22:11


होमः हेलो १
सम्झनाः को बोल्नुभयो ?
होमः मोबाइल चलाउँदै थिए, फोन गरेको तपाईंको नम्बरमा परेछ, को कहाँबाट बोल्नुभएको होला ? सम्झनाः किन चाहियो तपाईंलाई ?
होमः भन्न त मिल्छ होला नि ! सम्झनाः चिन्नु न जान्नु, के जथाभाबी फोन गरेको त !

त्यसपछि फोन काटियो । यो कुनै फिल्मको सम्वाद होइन । नेत्रहीन उर्लाबारी–१ विशाल टोलका ३१ वर्षीय होमबहादुर बयलकोटी र इलाम नयाँ बजारकी २४ वर्षीया सम्झना लिम्बूबीचको हो । केटीको मधुर आवाज सुन्न थालेपछि होमले मन थाप्न नसकेपछि निरन्तर ’मिस कल’ गरिरहे । तर, कल ब्याक भने भएन । तैपनि आश भने होमले मारेनन् ।

एक दिन मोबाइल बज्यो । होमले हत्तपत्त फोन उठाए । तर, फोन काटियो । सोही नम्बरमा फोन दबाए । पहिलो पटकमा फोन उठेन । अर्को पटक पुनः फोन गर्दा आफूले निरन्तर मिस कल गरेकी केटीको आवाज सुनियो । यी दुईबीच फोनमा बाक्लै कुराकानी चल्न थाल्यो । होमले सम्झनालाई आफूतिर आकर्षित गर्न धेरै हत्कण्डा प्रयोग गरे ।

आफूले माया गर्ने र विहे नै गर्ने कुरा होमबाट आएपछि सम्झना भावुक हुँदै आफू नेत्रहीन भएको बताइन् । सम्झनाले आफू नेत्रहीन भएको बताएपछि होमलाई ’के खोज्छस् कानो, आँखो’ भन्ने उखान जस्तै भयो । त्यसपछि होमले आफू पनि नेत्रहीन भएको बताए । त्यसपछि होम र सम्झनाको प्रेम प्रगाढ बन्दै गयो ।

निरन्तर फोन सम्पर्कमा रहेका यी दुई बीच भेट्ने कुरा चल्यो । त्यसपछि कहाँ भेट्ने भन्ने कुरामा बहस भयो । र, यी दुईको लागि इलाम र मोरङको संगम स्थल बन्यो, झापाको विर्तामोड । २०७२ जेठ अन्तिमतिर विर्तामोडमा भेट भएपछि दुबैले आ–आफ्ना कुरा राखे ।

दुबै जना एकअर्काबीच छुट्नै नसक्ने भए । सोही वर्षको मंसीर महिना बिहे गरेर उनीहरुले आफ्नो प्रेमलाई पूर्णता दिए । आफूले गलत नम्बरमा फोन गरेकै कारण सम्झनासँग विहे गर्न सफल बनेको उल्लेख गर्दै उनले भने– ’दुःख गरेर भएपनि सम्झनासँग खुशी छु ।’

उनीहरु दुबै गलत नम्बरकै कारण आफ्नो प्रेम सफल बनेकोमा खुशी छन् ।  ऐलानी जग्गामा बसोबास गर्दै आएका उनीहरु सानो कटेरोमा बसोबास गर्दै आएका छन् । तर, वर्षासँगै छानो चुहिन थालेपछि उनीहरु समस्यामा परेका छन् । छानो चुहिएर सुत्न नसकेको र ओछ्याउने गुन्द्री झुलमा राखेर दुःखका साथ कठिन जीवन बिताउँदै आएको सम्झना बताउँछिन् । उनले भनिन्– ’दुःख सुख त खाँदैछौं, तर घर चुहिएर समस्या भयो ।’ घर चुहिने मात्र होइन आफ्नो घरमा पानीको ब्यवस्थासमेत नहुँदा छिमेकीको भर पर्नु परेको उनीहरुको दुखेसो सुनाए ।

सम्झना यतिबेला गर्भवती भएका कारण थप समस्या भएको होमले बताउँछन् । उनीहरुले उर्लाबारी नगरपालिकाबाट प्रतिब्यक्ति मासिक ३ सय रुपैयाँ पाउँदै आएका छन् । नेत्रहीन बयलकोटी दम्पतिलाई अपाङ्गता भएका ब्यक्तिहरुको समूह उर्लाबारी अध्यक्ष ब्यासकुमार लिम्बूले मुढा बन्ने तालिम दिएपछि परिवार चलाउन अलि सहज भएको होम बताउँछन् । खरको छानो चुहिएर समस्या भएको भन्दै उनीहरुले टिन र खानेपानीका लागि कलको ब्यवस्था गरिदिए जीवनयापनमा केही सहज हुने आशा राखेका छन्  । - आजको खबरमा प्रकासित

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger