Headlines News :
Home » » सरकारी खर्चमा पढ्न गएर विदेशमै लुक्ने २५ कर्मचारीमाथि कारवाहीको तयारी (सूचीसहित)

सरकारी खर्चमा पढ्न गएर विदेशमै लुक्ने २५ कर्मचारीमाथि कारवाहीको तयारी (सूचीसहित)

Written By news on Sunday, 31 July 2016 | 22:02


साउन काठमाडौं -
शैक्षिक तालिम केन्द्र सुनसरीमा कार्यरत शाखा अधिकृत गायत्री तिम्सिनाले नेपाल सरकारको छात्रवृत्तिमा बेलायतबाट एमफिल गर्ने अवसर पाइन् ।

उनले ०५८ साल साउन २ गतेदेखि अध्ययन विदा लिइन् । गायत्रीको बिदा ०६० पुस ३० गतेसम्मका लागि थियो । तर, त्यसपछि उनी अहिलेसम्म निजामति सेवामा फर्किएकी छैनन् । अधिकृत तिम्सिनाले असाधारण रुपमा ०६६ कार्तिक ९ गतेसम्मका लागि कानुनले व्यवस्था गरेविपरीत बेतलवी विदा स्वीकृत गराएको देखिन्छ । तर, उनी त्यो समय सकिँदा पनि निजामति सेवामा हाजिर हुन आएकी छैनन् ।

सरकारले निजामति प्रशासनको क्षमता विकासका लागि विभिन्न समयमा थप अध्ययनका लागि छात्रवृत्तिमा कर्मचारीहरुलाई विदेश पढ्न पठाउने गरेको छ । तर, त्यसरी राज्यको सुविधा उपभोग गर्दै विदेश पढ्न जाने कर्मचारीहरु उतै लुक्ने गरेको पाइएको छ । सरकारले त्यस्ता कर्मचारीहरुको नामावली संकलन गर्न थालेको छ ।
२५ कर्मचारी विदेशमै लुके

सामान्य प्रशासन मन्त्रालयले सरकारी खर्चमा पढ्न पठाएका २५ जना कर्मचारीहरु विदेश पुगेपछि उतै लुकेर बसेको भन्दै कारवाहीका लागि विवरण संकलन गरेको छ । राज्यकोषको खर्चमा अमेरिका, बेलायत आदि देशमा पढ्न पुगेका ती कर्मचारी उतै लुकेपछि सरकारले उनीहरुको विवरण संकलन गरी कारवाही प्रक्रिया अघि बढाएको हो ।

पढाइ खर्च सरकारलाई फिर्ता गर्नुपर्ने

निजामति सेवा ऐनअनुसार कुनै पनि कर्मचारीले अध्ययन विदा समाप्त भएको मितिले ९० दिनभित्र कार्यालयमा हाजिर भइसक्नुपर्ने व्यवस्था छ । नेपाल सरकारको छात्रवृत्तिमा विदेशमा अध्ययनमा गएका कर्मचारीले फर्किएर आएपछि निश्चित वर्ष अध्ययनसँग सम्वन्धित कार्यालयमा नै खटिएर काम गर्नुपर्छ । सर्तअनुसार काम नगरे वा फर्किएर नआएमा नेपाल सरकारले उसको अध्ययनमा लगाएको खर्च र त्यस समयमा लिएको सेवा सुविधा तथा तलब भत्तामा जति खर्च भएको छ, त्यसको विगो भराउने कानूनी व्यवस्था छ । साथै त्यस्ता कर्मचारीलाई निजलाई सेवाबाटै बर्खास्त समेत गर्न सक्ने व्यवस्था निजामति ऐनमा छ ।

कारवाहीमा अलमल

निजामति ऐनले दिएको सुविधा विपरीत विदेश गएपछि नफर्किने कर्मचारीलाई कारबाही गर्न पूर्वसामान्य प्रशासन मन्त्री रेखा शर्माले निर्देशन दिएकी थिइन् । मन्त्री शर्माको निर्देशनअनुसार त्यस्ता कर्मचारीको लगत संकलन र कारबाहीको प्रक्रिया अघि बढेको थियो । तर, मन्त्री शर्मा मन्त्रालयबाट हटेसँगै कारवाही प्रक्रियालाई सुस्त बनाएको सामान्य प्रशासनका एक कर्मचारीको दावी छ । रेखा शर्माको बहिर्गमनपछि सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले आफैं जिम्मा लिएका थिए । स्रोतले भन्यो, ‘मन्त्रीको निर्देशनमा थोरै छानविन त अघि बढ्यो, तर अहिले कारवाहीका लागि त्यस्तो उत्साह देखाइएको छैन ।’

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger