Headlines News :
Home » » यसरी हुदैँछ युद्धको तयारी, रुकुमको जंगलमा देखिए नयाँ ‘जनसेना’..

यसरी हुदैँछ युद्धको तयारी, रुकुमको जंगलमा देखिए नयाँ ‘जनसेना’..

Written By news on Wednesday, 6 July 2016 | 03:24



काठमाडौं :
 १० वर्षे माओवादी द्वन्द्वको उद्गमस्थल मानिने रुकुममा फेरि लडाइँको नाममा अभ्यास सुरु भएको छ । हतियारसहित लडाकुले पूर्वीरुकुममा ‘एक घर एक लडाकु’ अभियान चलाएर नयाँ युद्धको तयारी गरेको बुझिएको छ । पूर्वीगाविसमा मंगोल नेसनल नामक पार्टी कार्यकर्ताले हतियारसहित चन्दा आतंकसमेत मञ्चाउन थालेपछि स्थानीय आतंकित भएका छन् । कम्ब्याट पोसाक र हतियारसहित प्वाङ र जाङ गाविसका घरघरबाट तान्न थाल्दा युवा गाउँबाट भागेर कोही काठमाडौं त कोही सदरमुकाम खलंगा पुगेका छन् ।

आपूर्तिमन्त्री गणेशमान पुन प्वाङ निवासी हुन् । नेसनल मंगोल पार्टीका कमान्डर उपेन्द्र घर्तीमगरले प्रत्येक घरबाट एक व्यक्ति आफ्नो लडाकु दस्तामा समावेश हुन उर्दी जारी गरेका छन् । आइतबार सदरमुकाम खलंगा पुगेका एक युवाले भने, ‘नेपाली सेनाको जस्तो पोसाक र बुट लगाएका हुन्छन्, बन्दुक बोकेर आउँछन् र आफ्नो दस्तामा नगए हत्या गर्ने धम्की दिन्छन्, म त बल्ल भागेर आएँ ।’ सदरमुकामबाट दुईदिने पैदल दूरीमा रहेको जाङ गाविस सबैभन्दा बढी ग्रस्त आतंक छ । उक्त गाविसमाथि रहेको लेकमा हतियार बन्द तालिम दिने तालिम केन्द्रसमेत रहेको स्थानीयले बताए । त्यहाँ करिब १ सय ५० जनाको संख्यामा तालिम सञ्चालन भइरहेको स्रोतको दाबी छ ।

गाउँका हुनेखानेदेखि सामान्य नागरिकलाई अहिले घरबाट एक जना र १५ देखि ३० हजारसम्म चन्दा मागिएको छ । शिक्षकले अन्तिम चौमासिक तलब बुझेकाले उनीहरूलाई चन्दा बुझाउन दबाब आउने गरेको र उक्त गाविसका शिक्षक गाउँ जान नसकेको एक जनाले बताए । गाविस, विद्यालयलगायत सामाजिक संघसंगठन पूर्णरूपमा मंगोलको नियन्त्रणमा छन् तर डर–धम्कीका कारण आतंक सहेर बस्ने बाध्यता छ । ‘गाउँमा प्रहरी चौकी त छ तर कानमा तेल हालेर बसेको छ,’ एक स्थानीय व्यापारीले भने, ‘जिल्लाको डिएसपीलाई समेत उक्त कुराबारे जानकारी गरायाँै तर केही भएन, झन् त्रास बढ्दै छ ।’ उनका अनुसार २२ असारमा प्रत्येक घरबाट एक जना मान्छेलाई आफूहरूसँग हिँड्न उर्दी जारी गरेका छन् । ‘कहाँ लाने हुन्, के गर्ने हुन्, थाहा छैन’ तर २२ गते गाउँबाट मानिस हिँडाउँदै छन्,’ उनले भने । उनीहरूको धम्कीका कारण विद्यालय व्यवस्थापनदेखि वन समितिसम्मका अध्यक्षले राजीनामा दिइसकेको स्रोत बताउँछ ।

उपेन्द्र घर्तीमगर जाङ गाविस–२ खारखोला निवासी भारतीय पेन्सनरका छोरा हुन् । उनले विगतदेखि नै विभिन्न हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको बताइन्छ । केही समयअघि मंगोल नेसनल अर्गनाइजेसन नामक पार्टीमा आबद्ध थिए जुन निर्वाचन आयोगमा दर्तासमेत भयो । यही पार्टीको केन्द्रीय सदस्य बताउने उनले चार वर्षअघि देशका विभिन्न ठाउँमा मगर युवालाई तालिम दिने र बाहुन जातिलाई आक्रमण गर्ने योजना बनाएका थिए ।

उक्त योजना प्रहरीले थाहा पाएपछि रुकुमको सदरमुकाम १ सल्लेबाट करिब १५ लाख बराबरको कम्ब्याड पोसाक र लडाकुको विभिन्न दज्र्यानी चिह्नसहितका सामग्री बरामद गरी हिरासतमा राखेको थियो । केही समय मात्र हिरासत बसेका उनी धरौटीमा रिहा भए । लामो समय भूमिगत भएका उनी अहिले आफ्नो जन्मभूमिबाट लडाकु दस्ता तयार गरी कतै आक्रमणको योजनामा छन् । मंगोल नेसनल अर्गनाइजेसनबाट अलग भई मंगोल नेसनल पार्टी गठन गरेर भूमिगत गतिविधि सञ्चालन गरेका हुन् । गाउँमा मान्छे कुट्ने, नक्कली सर्टिफिकेट बनाएर बिक्री गर्ने, झैझगडा मिलाएअनुसार मोटो रकम असुल्ने, चन्दा उठाउने, युवालाई जबर्जस्ती तालिम दिने उनका दैनिकी हुन् ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger