Headlines News :
Home » » पानी पिएर १० दिनमा ५ किलो घटाउने तरिका...

पानी पिएर १० दिनमा ५ किलो घटाउने तरिका...

Written By news on Thursday, 28 July 2016 | 21:44


पानी जीवनका लागि कति महत्वपुर्ण चीज हो भनिरहनु पर्दैन। अब पानी पिएर नै तौल घटाउने सकिने तरिकाहरु पनि सार्वजनिक भएका छन्। बेलायतकी वेलनेस तथा फिटनेस विशेषज्ञले शाउना वाकरले ‘वाटर थेरापी’का विषयमा कयौं प्रयोग गरिन्। उनले धेरै प्रयोगका निचोड निकाल्दै पानी नै पिएर १० दिनमा ५ किलोसम्म तौल घटाउन सकिने दाबी गरेकी छिन् ।

उनी भन्दछिन- प्रत्येक व्यक्तिको खाने र सुत्ने बानी र तौरतरिकामा फरकपन हुन्छ त्यसैले नतिजामा केही अन्तर पर्न सक्दछ ।वास्तवमा कसरी घटाउँछ पानीले तौल ? पढ्नुस तल। जब शरिरमा पानी पर्याप्त मात्रामा पुग्छ,शरिरका अंगहरुले सही तरिकाले काम गर्दछन्। जब अंगहरुले सही तरिकाले काम गर्दछन, शरिरको मेटाबोलिजमको राम्रो हुन्छ। जति मेटाबोलिजम बढि हुन्छ त्यती नै तौल घट्छ। धेरै पानी पिउनाले क्यालोरी बर्न गर्ने क्षमता पनि बढ्छ। विज्ञानमा यसलाई रेस्टिङ एनर्जी एक्सपेण्डिचर भनिन्छ। एक अध्ययनका अनुसार पानी पिएको १० मिनेट भित्रै रेस्टिङ इनर्जी एक्सपेण्डिचर २४ देखी ३० प्रतिशत सम्म बढ्छ ।यसरी जति धेरै पानी, त्यति धेरै क्यालोरी बर्न गर्ने क्षमता बढ्दै जान्छ। कसरी र कुन समयमा पिउने पानी ?

 १. बिहान उठ्ने बितिकै खाली पेटमा डेढ गिलास पिउनुस। यसले तौल घटाउन सहयोग गर्दछ।सातै दिमागलाई शक्ति दिन्छ र दिनभर सक्रिय राख्दछ।

 २. चिया वा कफि पिउनु अघी आधा वा एक गिलास जरुर पिउनुस। यसले शरिरमा चिया वा कफिका कारण हुने एसिडिटीबाट बचाउँछ र तौल कम गर्न सहयोग गर्दछ।

 ३.खान खानु भन्दा आधा घण्टा एक गिलास पानी पिउनुस। यसले भोक कम हुन्छ । ओभरइटिङबाट बच्न सकिन्छ र तौल घट्न सहयोगी हुन्छ।

 ४.सुत्नु भन्दा केहि समय पहिले पानी पिउनुस। यसले राती केही खाने मन हुँदैन ।साथै विहान शरिरबाट टक्सिन्स बाहिर निकाल्न पनि सहयोग गर्दछ। रातमा खानु राम्रो मानिन्न।

५.एकै चोटी धेरै पानी पिउनु भन्दा थोरै थोरै गरेर दिनमा ८-१० पटक पानी पिउनिुस। यसले शरिरमा पानी कम हुन दिँदैन्

६.जुस, सफ्ट ड्रिङक सट्टा पानी नै पिउनुस। यसले शरिरमा सुगरको मात्रा कम गर्न र तौल घटाउन मद्दत मिल्छ।

 ७. खाना खाइसकेपछी वा कुसमयमा भोक लागेमा तातो पानीलाई चिया जसरी पियममा पनि भोक हुन्छ र तौल घटाउन सहयोग हुन्छ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger