|
|
एजेन्सी: के तपाई विश्वास गर्नुहुन्छ की अब यन्त्रबाटै महिलाको गर्भ रोक्न सकिन्छ भनेर? तर अमेरिकाको म्यासेच्यूसेट्स विश्वविद्यालयका वैज्ञानिकहरुले विद्युतीय गर्भनिरोधक यन्त्रको विकास गरेका छन् । वैज्ञानिकहरुका अनुसार यो यन्त्र रिमोट कन्ट्रोलका माध्यमबाट सञ्चालन हुनेछ।
विशेषगरी यो यन्त्र महिलाको छालाको भित्री भागमा जडान गरिने जनाइएको छ । सानो आकारको यो यन्त्र एक पटक जडान गरिसकेपछि यसले १६ वर्षसम्म काम गर्नेछ। यसलाई आवश्यकता अनुसार रिमोटकै भरमा बन्द गर्नसमेत सकिने वैज्ञानिकहरुले दाबी गरेका छन्। महिलाको लागि निकै प्रभावकारी हुने उक्त प्रोजेक्टमा माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सहयोग छ।
यो प्रोजेक्टलाई आउँदो वर्ष अमेरिकामा प्रि-क्लिनकल परीक्षण गरिनेछ। त्यसपछि उक्त परीक्षण सफल भएपछि सन् २०१८ सम्ममा बजारमा ल्याउने योजना रहेको वैज्ञानिकहरुले बताएका छन्। खासगरी महिलाको शरीरमा राखिने अन्य गर्भनिरोधक साधनको तुलनामा यो यन्त्र कम झन्झटिलो र बढी प्रभावकारी हुने वैज्ञानिकहरुको निष्कर्ष छ।
यसलाई एक पटक जडान गरिसकेपछि १६ वर्षसम्म महिला उपभोक्ताले जुनसूकै बेला आफूलाई नचाहेको अवस्थामा रिमोट कन्ट्रोलबाटै ‘अफ’ गर्न मिल्ने र बच्चा जन्माउन सकिनेछ । ड्रिम प्रोजेक्टलाई सफल बनाउन वैज्ञानिहरुले महिलाले थाहा नपाउने गरी रिमोटबाट यन्त्रलाई बन्द गर्न नसकोस् भन्नेबारे अनुसन्धान गरिरहेका छन् ।
|
|
Post a Comment