Headlines News :
Home » » सोमबार र शिव भगवान बिचको सम्बन्ध के, किन हुन्छ यो यति पवित्र ?

सोमबार र शिव भगवान बिचको सम्बन्ध के, किन हुन्छ यो यति पवित्र ?

Written By news on Wednesday, 27 July 2016 | 04:10


सोमबारको सम्बन्ध चन्द्र ग्रहणसँग हुने गर्दछ । सोमको अर्थ सौम्य हो । सौम्य अर्थात चन्द्र । सोमको एउटा अर्थ शिव पनि हो । सोमबारमा गरिएको उपाय चन्द्र ग्रहणको पिडाबाट राहत पुर्याउँदछ अर्थात यसले मानसिक प्रशन्नता प्रदान गर्दछ ।
यसका साथै धन लाभ र वैवाहिक सम्बन्ध बलियो बनाउनको लागि प्रयाश पनि यो दिन गर्दा बढि लाभदायक हुन्छ । सोमबार गरिएका यी उपायले जीवनलाई कसरी सुखी र खुशी बनाउँछ, आउनुहोस् थाहा पाऔं ।

१. सदाबहारको वृक्षलाई घरको उत्तर पश्चिम दिशामा लगाउनुहोस्ः
सदाबहारको अर्थ हो सदाको लागि बहार । सदाबहार सेतो फूलको वृक्ष हो जसको फूल सेवन गर्दा हृदयको लागि फाइदाजनक हुन्छ । सदाबहार वृक्षको नामको पछाडि उो मान्यता छ कि जुन घरमा यो वृक्ष हुन्छ त्यो सदा बहार हुन्छ । मानसिक प्रशन्नता बढ्दछ । सदाबहारको वृक्षमा चन्द्र ग्रहको प्रभाव हुन्छ । घरको वायव्य कोणको सम्बन्ध हरियालीसँग हुन्छ । त्यसकारण त्यहाँ यसलाई लगाउँदा जीवनमा हरियाली अर्थात समृद्धि बढ्ने गर्दछ ।

२. चन्दन र अक्षताले शिव परिवारको पूजाः
सोमबार भगवान गणेश, शिव र माता पार्वतीको पूजा चन्दनले गर्नुपर्छ । चन्दनले शिवको पूजा गर्दा धन र मानसिक प्रशन्नतामा वृद्धि हुन्छ ।

३. कोही विवाहित स्त्रीले दुध दानः
कोही विवाहित स्त्रीले दुध दान गर्दा चन्द्र ग्रह प्रशन्न हुन्छन् । आफ्नो श्रद्धा र शक्तिका अनुसार दुध दान गर्न सकिनेछ तर मात्रालाई पटक–पटक परिवर्तन नगर्नुहोस् । कम्तीमा पनि १६ सोमबारसम्म लगातार दुध दान गर्नुहोस् ।
चन्द्र ग्रहको प्रशन्नताका लागि अक्षता, अबिर, चन्दन, सेतो वस्त्र, सदाबहार फूल, घ्यू, बेल, कपुरको दान पनि गर्न सक्नुहुन्छ

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger